site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
धनगढी उपमहानगरपालिकाको बैठकमा 'कुर्सी फालाफाल'
Tiktok banner adTiktok banner ad

धनगढी । धनगढी उपमहानगरपालिकाको आठौँ नगर सभाको तेस्रो बैठकमा कुर्सी फालाफाल भएको छ । नगर सभा बैठकमा उपमेयर कन्दकला रानाले आफूसँग सल्लाह नगरेरै बजेट पुस्तिका (रातो किताब) प्रकाशन गरेको भन्दै विरोध जनाएपछि कुर्सी फालाफाल भएको हो ।

बैठकमा बोल्दै आफूसँग मेयर गोपाल हमालले समन्वय नगरी बजेट ल्याएको भन्दै उपमेयर रानाले विरोध जनाएपछि बैठकमा तनाव सृजना भएको हो । 

बैठकमा वादविवाद र हो–हल्ला भएपछि केहीबेर बैठक अवरुद्ध भएको थियो । विरोधपछि मेयर हमाल र प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले दिएको जवाफ चित्त बुझ्दो नभएको भन्दै उपमेयर रानाले फरक मत राखेकी थिइन् । 

“मेयर हमालज्यूको धम्कीपूर्ण भाषा आयो । बजेटमा फरक मत राखेपछि उल्टै झपारे,” उपमयेर रानाले भनिन्, “मेयरसापको धम्की दिने बानी अहिलेसम्म पनि सुध्रिएको छैन ।”

“हामीले सधैँ वातावरण मिलाउने तर, मेयर फेरि पनि धम्की दिँदै ‘द्वन्द्व गर्नुहुन्छ भने तयार छु’ भन्नुहुन्छ,” उनले भनिन् । 

धनगढी बनाउनका लागि सँगसँगै सहकार्य गरेर जानुपर्ने उपमेयर रानाले बताइन् । 

उपमेयर रानाले गुनासो गर्दैगर्दा एकाएक बैठक स्थल नाराबाजी भएको थियो । नगर सभा सदस्यहरूले उपमेयर रानाको गुनासो लगत्तै कुर्सी फालाफाल गरेका थिए । 

रानाले उठाएका प्रश्नको जवाफमा मेयर हमालले योजना शाखाका विज्ञहरूले बजेट र योजना निर्माण गरेको बताएका थिए । 

मेयर हमालले बजेट काट्न आफ्नो कुनै भूमिका नरहेको बताउँदै आएका छन् । योजना छनोट प्रक्रियामा समेत आफ्नो भूमिका नभएको मेयर हमालले बताए । 

धनगढी उपमहानगरपालिकामा मेयर हमालले स्वतन्त्रबाट जितेका थिए भने नेकपा (एमाले)बाट उमेदवार बनेकी रानाले उपमेयरमा जितेकी थिइन् ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २०, २०७९  १८:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro