site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दार्चुला : पालिकामा निल भएको कांग्रेस जिसस प्रमुखमा विजयी
Tiktok banner adTiktok banner ad

धनगढी । दार्चुलामा पालिकामा निल भएको नेपाली कांग्रेस जिल्ला समन्वय समिति (जिसस)को प्रमुखमा विजयी भएको छ । समिति प्रमुखमा कांग्रेसका महादेव बडू कश्यप निर्वाचित भएका हुन् । 

कांग्रेस र माओवादी केन्द्रले गठबन्धन बनाएर जिसस निर्वाचन लडेका थिए । सत्ता गठबन्धन दलकोतर्फबाट प्रमुखमा कांग्रेसका बडू र उपप्रमुखमा माओवादी केन्द्रका अमरसिंह ठगुन्ना विजयी भएका हुन् । 

कांग्रेसका प्रमुखसहित ५ र माओवादीका उपप्रमुखसहित ४ सदस्य निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय दार्चुलाले जनाएको छ । सदस्यमा गठबन्धनबाट नेपाली कांग्रेसका पुष्करसिंह धामी, खडकसिंह धामी र बलदेव सिंह ठगुन्ना, महिला सदस्य सरस्वती सार्की, दलित सदस्यमा कमला सुनार निर्वाचित भएका छन् ।

महिला सदस्यमा माओवादी केन्द्रका असमती टमटा र गौरी टमटा निर्वाचित भएका छन् । गठबन्धनका उमेदवारहरूले १० मत ल्याएर विजयी भएका हुन् । प्रतिष्पर्धी एमाले उमेदवारहरूले ८ मत पाएका थिए । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ३०, २०७९  १४:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro