site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कैलालीको कैलारी गाउँपालिका : मालपोत करमा ५० प्रतिशत छुट, नि:शुल्क एम्बुलेन्स सेवा
Tiktok banner adTiktok banner ad

धनगढी । कैलालीको कैलारी गाँउपालिकाले पहिलो बैठकबाट मालपोत करमा ५० प्रतिशत छुट र नागरिकलाई नि:शुल्क एम्बुलेन्स सेवा दिने निर्णय गरेको छ । कैलारी गाउँपालिका अध्यक्ष राजसमझ चौधरीको अध्यक्षतामा बुधबार बसेको कार्यसमितिको पहिलो बैठकबाट मालपोतमा लाग्ने करमा ५० प्रतिशत छुट गर्ने निर्णय भएको गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ७ का वडा अध्यक्ष दिपेन्द्रबहादुर बमले जनाए ।

बैठकले नवजात शिशु जन्मेको ३५ दिनभित्र जन्मदर्ता गरेमा दुई पोका आयोडिन नुन र तीन पिस साबुन दिने, गाउँपालिकाका कुनैपनि सुत्केरी महिलालाई कैलाली जिल्लाभित्र सुत्केरीको समयमा बिरामी भएर बाहिर लैजानु परे नि:शुल्क एम्बुलेन्सको व्यवस्था गर्ने निर्णय पनि गरेको छ ।

बैठकबाट विद्युत काउन्टर पनि हसुलियामा खोल्न पहल गर्ने निर्णय गरेको छ । बैठकबाट विषयगत समिति ६ वटा र ६ अन्य उपसमिति गठन गर्दै गाउँपालिकाको प्रवक्ताको जिम्मेवारी वडा नम्बर ७ का अध्यक्ष दिपेन्द्रबहादुर बमलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

विषयगत समितिमा सुशासन तथा संस्थागत विकास समितिको संयोजकमा दिपेन्द्रबहादुर बम, विद्येक समितिका संयोजकमा विकास चौधरी, सामाजिक विकास समितिका संयोजकमा सन्तराम चौधरी, वन वातावरण तथा विपद् व्यवस्थापन समितिको संयोजकमा ठागुराम चौधरी, भौतिक पूर्वाधार विकास समितिको संयोजकको जिम्मेवारी वडा नम्बर ६ का अध्यक्ष प्रेमबहादुर चौधरी, आर्थिक समितिको जिम्मेवारी वडा–५ का वडा अध्यक्ष विष्णु प्रसाद चौधरी र न्यायिक समितिको संयोजकमा गाउँपालिका उपाध्यक्ष भगवती कुमारी चौधरी लाई चयन गरेको छ । 

अनुगमन तथा सुपरीवेक्षण समितिको संयोजकमा गाउँपालिका उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, गाउँपालिका अध्यक्षले तोकेका १ महिला २ जना कार्यपालिका सदस्य र योजना शाखा प्रमुख समितिमा रहने जनाएको छ । बैठकमा गाउँपालिका अध्यक्ष राजसमझ चौधरी चुनावी घोषणापत्रमा उल्लेख भएको कृषि, स्वास्थ्य, शिक्षा लगायतका बुँदाहरूलाई मध्यनजर गरी गाउँपालिकाको आगामी नीति तथा कार्यक्रममा समावेश गरिने गाँउपालिकाका अध्यक्ष राजसमज चौधरीले जानकारी दिए ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १८, २०७९  १९:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro