site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौं उपत्यकामा ट्याक्सी चढ्दा ठगिने गरेका छन् । ट्याक्सी व्यवसायीले सर्वसाधारण, नवआगन्तुक, पर्यटक लगायतलाई विभिन्न बहानामा ठगी गर्ने चलन त पुरानै हो । तर, मुलुकको नीतिनियम बनाउने, कार्यान्वयन तथा अनुगमन गर्ने तहमा रहेका सांसद तथा मन्त्रीहरु समेत ठगिनबाट बच्न नसकेको देखिन्छ । 

संसदको विकास समितिले राखेको एक बैठकमा सांसद राम अयोधि यादवले आफूलाई ट्याक्सीले सास्ती दिएको अनुभव सुनाए । “केही समयअघि म त्रिभुवन विमानस्थलमा उत्रिएको थिएँ । मैले मिलन चोक पुग्न ट्याक्सी समातें । काठमाडौंको धेरै स्थान डुलाइसकेपछि मात्र तोकिएको स्थानमा पुुर्यायो,” उनले भने । ड्राइभरले ठग्न लागेको बुझिसकेको र सोही अनुसार सतर्क भएको उनले बताए । “उत्रने बेलामा ९ सय रुपैयाँ माग्यो । जबकि त्यहाँसम्मको भाडा सधैं मैले ३ सयमात्र दिने गरेको थिएँ,” उनले थपे । महानगरीय ट्राफिक प्रमुखलाई खबर गर्ने चेतावनी दिएपछिमात्र ट्याक्सी चाकल बाटो लागेको उनले बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

अर्का सांसद गणेश पहाडीले पनि ट्याक्सीहरु भनेको ठाउँमा नजाने र मिटरमा नहिँडेको बताए । सांसद प्रकाश शरण महतले राति ट्याक्सीले दोब्बर, तेब्बर भाडा लिएको नत्र नबोक्ने गरेको आफूले भोगेको सुनाए । सांसद तुलसा रानाले काठमाडौं उपत्यकामा मात्रै नभएर मुलुककै ठूला पोखरालगायत सहरहरुमा पनि त्यस्तै ठगी हुने गरेको बताइन् । 
केही सांसदहरुले ठगी गरेको ट्याक्सीको सम्बन्धमा ट्राफिकलाई खबर गर्न खोज्दा समेत ड्राइभरहरुले उल्टै ल मेरै मोबाइलबाट फोन गर्नुहोस् भनेर हाँक दिने गरेको उनले सुनाइन् । 

पर्यटन तथा नागरिक उड्डयनमन्त्री भएको समयमा ट्याक्सीले गर्ने ठगिको विरुद्धमा उत्रिँदा आफूलाई दुई दिनमै सरुवा गर्ने धम्की आएको सांसद जीवन बहादुर शाहीले सुनाए । “कुन पार्टीको मन्त्री आएछ भन्दै खुबै चासो राखेका थिए,” उनले भने । यातायात क्षेत्रमा ठगी तथा कमिसनको चलखेल अधिक हुने गरेको उनको बुझाइ छ । उनले भने, “केही वर्षअघि बाइक चढ्दा दुईटा हेल्मेट लगाउनुपर्ने नियम लागू भयो, फेरि हटाइयो । त्यो पनि त्यस्तै मध्येको एक हो ।”

Global Ime bank

पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले मुलुकमा अन्य देशहरुमा ‘डेट एक्स्पायर’ भएको ट्याक्सीहरु ल्याउने गरेको आरोप लगाए । ट्याक्सी पनि देशको स्ट्याण्डर्ड पत्ता लाग्ने माध्यम भएको भन्दै उनले नेपालमा पनि ‘स्ट्यान्डर्ड’ यातायात सेवा प्रदान गर्नुपर्नेमा उनको जोड छ । 

राष्ट्रिय उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले देशको रक्तसञ्चार यातायात रहेको र नेपालको सन्दर्भमा भने क्यान्सर लागिसकेको बताए । एयरपोर्ट, कलंकी, कोटेश्वर, सरकारी अस्पताल जाने आउने क्रममा साथै रातको समयमा ट्याक्सीहरुले बढी ठग्ने गरेको उनले बताए । 

मञ्चका अध्यक्ष बानियाँका अनुसार पछिल्लो समय ट्याक्सीमा जडान गर्ने भनिएको प्रिन्टरसहितको मिटर मेशिनसमेत नेपाल गुणस्तर तथा नापतौल विभागले एकै ठाउँबाट किन्न निर्देशन दियो । त्यसपछि त्यहाँ मिटर सकिएपछि अभाव भयो, जसले गर्दा जडानमा ढिलो हुनका साथै अवरोध निम्तियो । त्यो पनि सिन्डीकेट भएको उनी बताउँछन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ७, २०७४  १७:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय