
काठमाडौं । गायक राजु लामाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । जलवायु परिवतर्नबारे जनचेतना फैलाउन सगरमाथा आरोहण अभियानमा रहेका उनीसहितको टोलीले आज सफल आरोहण गरेको हो ।
उनीसहित २७ जनाको टोली सोमबार (२०२२ मे १६) बिहान ४ बजेदेखि ६ः४० मिनेटको अवधिमा ८८४८.८६ मिटर अग्लो समगरमाथाको चुचुरोमा पुगेको इम्याजिन नेपालले जानकारी दिएको छ ।
मिङ्गमा जी.को नेतृत्वमा नेपालबाट नेपाल, अस्ट्रेलिया, पाकिस्तान, चीन, रुस, थाइल्यान्डगरी जम्मा ६ देशका नागरिकहरूले सगरमाथा आरोहण गरेका हुन् ।
जसमध्ये आरोहण नेतृत्व लिएका मिङ्गमाले विना अक्सिजन सफल आरोहण गरेका हुन् ।
आरोहणकै क्रममा क्याम्प २–३ अर्थात् ६ हजार ५७४ मिटर उचाइमा पुगेर गायक लामाले एकल सांगीतिक प्रस्तुति पनि दिएका थिए ।