site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
दाङको बंगलाचुली अध्यक्षमा २,०७१ मतान्तरका साथ माओवादी उमेदवार विजयी 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । दाङको बंगलाचुली गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र)का उमेदवार विजयी भएका छन् । उपाध्यक्षमा नेपाली कांग्रेसका उमेदवार निर्वाचित भए ।

जिल्ला निर्वाचन कार्यालय दिएको जानकारीअनुसार अध्यक्षमा माओवादी केन्द्रका तुलसीराम पुन पाँच हजार ७४९ मत ल्याउँदै विजयी भए । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उमेदवार भेषराज खत्रीले खत्रीले तीन हजार ६७८ मत प्राप्त गरे । उनीहरूबीचको मतान्तर दुई हजार ७१ रहेको छ ।

उपाध्यक्षमा कांग्रेसका भक्तबहादुर जिसी पाँच हजार ९४५ मतका साथ विजयी भए । उनका निकटतम प्रतिस्पर्धी एमालेकी उमेदवार सरस्वती घर्तीले तीन हजार २६५ मत पाइन् ।

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  ०८:२०
प्रतिक्रिया दिनुहोस्