site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
उमेदवार नभएकै चुनाव चिह्नमा स्वस्तिक छाप, वीरगन्जको उपमेयरमा ५३ प्रतिशत मत बदर 

वीरगन्ज । वीरगन्ज महानगरपालिकामा ४ वटा वडाको ३ हजार ७८ मत गणना हुँदा सम्म मेयरमा ८ सय १६ मत बदर भएको छ ।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार मेयर पदमा ८ सय १८ अर्थात् २६.५७ प्रतिशत मत बदर भएको हो । उपमेयरमा भने आधा भन्दा बढी अर्थात् ५३.३७ प्रतिशत मत बदर भएको छ । उपमेयरमा १ हजार ६ सय ४३ मत बदर भएको मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिए ।

मेयरमा सदर मत २२६० र उपमेयरमा १४३५ मत मात्रै सदर भएको पौडेलले जानकारी दिए ।

महानगरमा दलहरुले मेयर र उपमेयर पदमा गठबन्धन गरेकाले उमेदवार नभएकै चुनाव चिह्नमा स्वस्तिक छाप लगाइएका कारण मेयर र उपमेयर पदमा धेरै मत बदर भएको हो ।

मेयरमा उमेदवार नै नभएको कांग्रेसको रुख छाप र लोसपाको साइकल छाप तथा उपमेयरमा उमेदवार नभएको जसपाको छाता छाप र एमालेको सूर्य छापसँगै एकीकृत समाजवादी पार्टीको कलम छापमा अत्यधिक  छाप लगाइएको भेटिएकोले बदर मतको संख्या धेरै रहेको पौडेलले बताए । 

प्रकाशित मिति: आइतबार, जेठ १, २०७९  ११:३४
प्रतिक्रिया दिनुहोस्