site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सामाजिक संजालमा आउने सबै विषयलाई पत्रकारिता ठानिदा विश्वसनियतामा प्रश्न
Tiktok banner adTiktok banner ad

अमेरिका । प्रविधिको विकास र त्यसको प्रयोगसँगै पत्रकारिता क्षेत्रमा त्यसले चुनौती पनि थपेको एक कार्यक्रममा औंल्याइएको छ । नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर मंगलबार भर्चुअल रुपमा गरेको अन्तरसम्वाद कार्यक्रममा सहभागीहरुद्वारा पत्रकारितामा प्रविधिको प्रयोग गर्दा विवेक पुर्याउनुपर्नेमा जोड दिइयो । 

“Journalism Under Digital Siege" नाराका साथ विश्व प्रेस स्वतन्त्रता दिवस मनाइरहँदा नेजाले पनि सोही विषयमा केन्द्रित रहेर अन्तरसंवाद कार्यक्रम गरेको हो ।

विश्व डिजिटल दुनियाँमा अभ्यस्त भइरहँदा पत्रकारिता त्यसबाट अलग हुन नसक्ने भन्दै सहभागीहरूले डिजिटल दुनियाँभित्र पत्रकारिताले आफ्नो फरक पहिचान बनाउन सक्नुपर्नेतर्फ जोड दिए ।

साथै, डिजिटल दुनियाँको विस्तारसँगै पत्रकारिताको क्षेत्रमा पनि चुनौती थपिएको सहभागीहरूले उल्लेख गरे । सहभागीहरुले पत्रकारिता गर्नेले स्वनियममा रहेर पनि आचार–संहिता पालना गर्नुपर्नेमा जोड दिँदै प्रविधिमैत्री पत्रकारिताभित्रका अप्ठ्यारो अवस्थालाई पनि थाहा पाइरहनुपर्नेमा जोड दिए ।

प्रविधिले अरू क्षेत्रलाईजस्तै पत्रकारितालाई पनि ग्लोबल बनाइदिएको र त्यो हुनु सुखद् पक्ष भएको उल्लेख गर्दै सहभागी वक्ताहरुले कतिपय अवस्थामा सामाजिक सञ्जालहरुमा आउने सबैखाले प्रस्तुतिलाई पत्रकारिताको रुपमा बुझिँदा त्यसले पत्रकारिताको विश्वसनीयतामै प्रश्न उठाइरहेको बताए ।

स्वतन्त्रता भनेको स्वछन्दता नभएकाले यसतर्फ पनि विशेष ध्यान पुर्याउनुपर्ने र प्रविधिले ग्लोबल पत्रकारिता गर्ने अवस्था रहे पनि सम्बन्धित देशको कानुनलाई बुझेर मात्रै पत्रकारिता गर्नुपर्ने आवश्यकता रहेकोसमेत सहभागीहरुले औँल्याए ।

अमेरिकाका लागि नेपाली राजदूत प्रा. श्रीधर खत्रीले नेपालमा पनि सरकारले डिजिटल फ्रेमवर्क र कन्सेप्ट अगाडि बढाएको बताउँदै यसतर्फ सहयोग गर्न विभिन्न विकसित देशमा बसोबास गर्नेहरूसँग आग्रह गरे ।

यस्तै, अमेरिकालगायत विभिन्न विकसित देशमा बसोबास गर्नेहरूले त्यहाँको लोकतन्त्र, मानवअधिकार र अन्य विषयहरूमा जस्तो देखेको छ त्यस्तै नेपालमा पनि प्रवाह गर्न पनि राजदूत प्रा. खत्रीले अनुरोध गरे ।

यसैगरी, अमेरिकाका लागि नेपाली राजदूत प्रा. श्रीधर खत्रीलाई नेजाको तर्फबाट औपचारिक स्वागत एवम् कार्यकाल सफलताको शुभकामना व्यक्त गरिएको थियो ।

यसैगरी, क्यानाडाका लागि नेपाली राजदूत भृगु ढुंगानाले उत्तर अमेरिका एवं क्यानाडामा रहेका पत्रकारले नेपालको प्रतिष्ठा र इज्जत बढाउने कार्य गरेको बताउँदै नेपाली भाषा एवम् संस्कृतिको जगेर्नाका साथै नेपालसँगको सम्बन्ध थप बलियो बनाएको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तथा फ्रिडम फोरम नेपालका महासचिव धर्मेन्द्र झा, सञ्चारअध्येता डा. भानुभक्त आचार्य, वरिष्ठ पत्रकार भागीरथ योगी र सञ्चारिका समूह नेपालकी अध्यक्ष बिमला तुम्खेवाले छुट्टाछुट्टै विषयमा रहेर विषयवक्ताको रुपमा धारणा राखेका थिए ।

संघका अध्यक्ष बिकासराज न्यौपानेको अध्यक्षता, उपाध्यक्ष मच्छेदेवी गुरुङको स्वागत मन्तव्य र महासचिव सुरज भण्डारीको सञ्चालनमा भएको कार्यक्रममा अमेरिकाको मेरिल्यान्ड राज्यका हाउस अफ डेलिगेट्स डा. ह्यारी भण्डारी, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, नेपाल पत्रकार महासंघकी सल्लाहकार निर्मला शर्मा, नेपाल अमेरिका पत्रकार संघ (नेजा)का संस्थापक अध्यक्ष गिरीश पोखरेल, गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष रबिना थापा, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाका अध्यक्ष बुद्धिसागर सुवेदी, एनआरएनए क्यानाडाका अध्यक्ष दिपकदत्त गौतम, प्रवासी नेपाली मञ्चका महासचिव कृष्ण लामिछाने, एनएनएका अध्यक्ष बिजयराज भट्टराई, नेजाका सल्लाहकार सञ्जय घिमिरे, राजेश कोइराला, इन्दिरा चोङवाङ, वरिष्ठ पत्रकार विजय घिमिरे, पत्रकार महासंघ बेलायत शाखाका अध्यक्ष ध्रुवराज अर्याललगायतले धारणा राखेका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २२, २०७९  ०९:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro