अर्थ व्यवसाय

काठमाडौं । सेयर बजारमा बिहीबार पनि गिरावट आएको छ । अघिल्लो दिन २० अंकले घटेको सेयर बजार परिसूचक नेप्से बिहीबार पनि दोहोरो अंकले नै झर्यो ।
आज नेप्से १६.६९ अंकले झरेर २६१३.६७ विन्दुमा आइपुग्यो । कारोबार सुरुवाती समयदेखि घटेको बजार मध्याह्पछि केही बढेको थियो । त्यसपछि निरन्तर ओरालो लाग्यो ।
यसदिन जीवन बिमा र निर्जीवन बिमाबाहेक कारोबार भएका अरू सबै समूहमा गिरावट आयो ।
यसदिन २२४ कम्पनीको करिब ५३ लाख कित्ता सेयर तीन अर्ब २५ लाख रुपैयाँबराबरमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, चैत १०, २०७८ १६:१९
प्रतिक्रिया दिनुहोस्