site stats
बाह्रखरी :: Baahrakhari
देश
निर्वाचनमा भयरहित वातावरण सिर्जना गर्न गृहमन्त्रीको निर्देशन 
फाइल तस्बिर ।

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले स्थानीय तहको निर्वाचनमा शान्तिपूर्ण, निष्पक्ष, भयरहित वातावरण सिर्जना गर्न निर्देशन दिएका छन् ।

बिहीबार गृह मन्त्रालयमा बसेकोे केन्द्रीय सुरक्षा समितिको बैठकमा उनले सुरक्षा निकायलाई निर्देशन दिएको मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेल जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बैठकमा चिनियाँ विदेशमन्त्रीको सुरक्षा तयारीबारेमा पनि छलफल भएको उनले बताए । चिनियाँ विदेशमन्त्री वाङ यी भोलि तीनदिने नेपाल भ्रमणमा आउँदै छन् ।

बैठकमा समसामयिक सुरक्षा स्थिति र निर्वाचन तयारीका बारेमा पनि छलफल भएको प्रवक्ता पोखरेलले बताए ।

प्रकाशित मिति: बिहीबार, चैत १०, २०७८  १४:०१
प्रतिक्रिया दिनुहोस्