site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सिद्धार्थ बैंकको प्रदेश–१ क्षेत्रीय कार्यालयको उद्घाटन
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । सिद्धार्थ बैंकले विराटनगरमा आफ्नै नवनिर्मित भवनमा बैंकको प्रदेश नम्बर–१ क्षेत्रीय कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त भवनको बैंकका अध्यक्ष मनोजकुमार केडियाले उद्घाटन गरे ।

विराटनगर महानगरपालिका–७, मेनरोडबाट सेवा प्रदान गर्दै आइरहेको विराटनगर शाखालाई समेत उक्त भवनमा स्थानान्तरण गरिएको बैंकले जनाएको छ ।

बैंकले देशभर १९० शाखा (चार एक्सटेन्सन् काउन्टरसहित), २०८ एटीएम, ११४ शाखारहित बैंकिङ सेवा र १५ सयभन्दा बढी पीओएस मेसिनमार्फत उच्चस्तरीय बंैैकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, चैत १०, २०७८  १२:५३
प्रतिक्रिया दिनुहोस्