site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको राडरमा समस्या, केही उडान रद्ध

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार उपकरण (राडर) मा समस्या आउँदा उडान प्रभावित भएका छन् । 

बिहान ६ बजेदेखि उपकरणमा समस्या देखिएको हो । समस्या समाधान नहुँदा विभिन्न एयरलाइन्स कम्पनीले आन्तरिक उडान रद्ध गरेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

एति एयरलाइन्सले पोखरा, भैरहवा र विराटनगरको उडान रद्ध गरेको प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । यस्तै उडान तालिका पनि ३ घण्टा पर धकेलिएको उनले बताए ।

 बुद्ध एयरलाइन्सले पनि सूचना जारी गर्दै उडान प्रभावित भएको जनाएको छ ।

विमानस्थलबाट विमान उडान तथा अवतरण भने भइरहेको छ । तर, २०/२५ मिनेटको अन्तरालमा उडान भएका कारण उडानहरु डिले भइरहेको विमानस्थल कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, चैत १०, २०७८  ११:३२
प्रतिक्रिया दिनुहोस्