site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सेफ्टी रेटिङमा ग्रेट वालमोटरको हाभाल एच६ ले पायो फाइभ–स्टार
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । सेफ्टी रेटिङमा ग्रेट वालमोटरको हाभाल एच६ ले पायो फाइभ–स्टार रेटिङ पाएको छ । ग्रेट वालमोटर्स हाभल एच६ ले अस्ट्रेलिया सियन न्यु कार एसेसमेन्ट प्रोग्राम क्र्यास परीक्षणमा हालको २०२०–२०२२ सुरक्षा प्रोटोकलहरुका लागि फाइभ–स्टार प्राप्त गरेको हो ।

जीडब्ल्यूएम पिक–अपपजवरपछि यस्तो उच्च मूल्यांकन प्राप्त गर्ने एच६ जीडब्ल्यूएमको दोस्रो गाडी भएको जनाइएको छ ।  

हाभलएच६ ले एडल्ट अकुप्यान्ट प्रोटेक्सनमा ९० प्रतिशत, चाइल्ड अकुप्यान्ट प्रोटेक्सनमा ८८ प्रतिशत,  भल्नरेबल रोड युजर प्रोटेक्सनमा ७३ प्रतिशत र सेफ्टी असिस्टमा ८१ प्रतिशत स्कोर ल्याउँदै फाइभ–स्टार सुरक्षा मूल्यांकन प्राप्त गर्न सफल भएको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, चैत ९, २०७८  १६:५७
प्रतिक्रिया दिनुहोस्