देश

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौंमा १३ जना कोभिड–१९ संक्रमित थपिएका छन् । उपत्यकाका तीनमध्ये काठमाडौंमा मात्रै १३ संक्रमित थपिएका हुन् ।
अहिले देशभर दुई हजार ४०९ जना होम आइसोलेसनमा र ४४ जना संस्थागत आइसोलेसनमा छन् । तीमध्ये २१ जना आईसीयूमा र दुईजना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जनाएको छ ।
प्रकाशित मिति: बुधबार, चैत ९, २०७८ १६:४५
प्रतिक्रिया दिनुहोस्