site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
विद्यासुन्दर शाक्य : आलोचना सहेर आत्मसमीक्षा गरेर फेरि मेयरमा दोहोरिने दाउमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । स्थानीय तहको चुनाव नजिकिएसँगै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पार्टीले विश्वास गरे आफू फेरि मेयरको उमेदवार बन्न तयार रहेको बताउने गरेका छन् ।

कार्यकाल सकिनै लाग्दा मेयर शाक्य शिलान्यास र उद्घाटनमा व्यस्त देखिन्छन् । उनले आफूले वाचा गरेकामध्ये अधिकांश काम गरेको र केही काम विवाद र अवरोधका कारण गर्न नसकिएको बताउने गरेका छन् ।

‘‘कार्यकाल सफल महसुस गरेको छु । पाँच वर्षमा जे–जे गर्छु भनेको थिएँ । सोही बमोजिम अधिकांश काम गरिसकेको छु,” मेयर शाक्यले भने । 

Prabhu Bank
Agni Group
NIC Asia

सार्वजनिक कार्यक्रमहरूमा शाक्यले आफूलाई महानगरवासीको साथ रहेको र उनीहरू आफ्नो कामदेखि सन्तुष्ट रहेको बताउने गरेको छन् ।

उनी आफैँ भनिरहेका छन्– महानगरवासी मप्रति खुसी छन्, फेरि मेयरमा दोहोरिनुपर्छ भनिरहेका छन् । 

Global Ime bank

"अहिलेसम्मका मेयरहरूले भन्दा धेरै काम गरेको भन्दै बाँकी काम तपाईंले अर्को पटक पूरा गर्नुपर्छ भनी महानगरवासीले आर्शिवाद दिइरहेका छन् । फेरि मेयरमा दोहोरिनुपर्छ भनिरहेका छन् । यही प्रस्ताव पार्टीसम्म पुर्‍याउँछु,” उनले भने ।

मेयर शाक्यले ०७४ को चुनावमा ६४ हजार ९१३ मत ल्याएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका राजुराज जोशीले ४५ हजार २६९ मत ल्याएका थिए ।

नारा टिलिक्कको, फोहोर सहरमै थुप्रियो 

'काठमाडौं महानगर झिलिक्क, महानगरवासीका घर टिलिक्क' नाराको घोषणा गरेका शाक्यले काठमाडौंको फोहोर व्यवस्थापन समेत गर्न सकेनन् । तर, यसमा उनी आफ्नो कमजोरी नरहेको बरु संघ र प्रदेश सरकारले दोष रहेको बताउँछन् ।

‘‘मैले गर्ने काममा विभिन्न मानिसहरूले अवरोध गरे । गलत प्रचारप्रसार गरे । तर मैले ती अवरोधहरूलाई छिचोलेर सबै कामहरू गरेको छु । फोहोर व्यवस्थापनको सन्दर्भमा महानगरले आफ्नो जिम्मेवारी पूर्ण रूपमा पूरा गरेको छ । तर महानगरपालिकाले मात्रै सबै काम गर्न सक्ने स्थिति छैन । सिसडोलसम्म जाने सडक निर्माणको जिम्मा नेपाल सरकारको छ,” उनले भने । 

शाक्य आफू निर्वाचित भएर आइसकेपछि काठमाडौंका सडकमा खाल्डाखुल्डी नरहेको दाबी गर्छन् । सँगै धुलोधुवाँ पनि कम भएको उनको जिकिर छ । 

‘‘मैले भूकम्पले भत्काएका संम्पदाहरू पुनर्निर्माण र काठमाडौंका सडकमा देखिएका खाल्डाखुल्डीहरू पुर्ने भनेको थिएँ । पहिले घरबाट निस्किदा पस्दा धुलोधुवाँले मान्छे नै नचिन्ने भएर फर्किनुपर्ने बाध्यता थियो । तर अहिले त्यो अवस्था छैन । खाल्डाखुल्डीका कारण दुर्घटना हुने जोखिम छैन । तुलनात्मक हिसाबले हेर्ने हो भने हिजोका दिनहरू भन्दा हामीले धेरै व्यवस्थापन गरिसकेका छौँ,” शाक्यले भने ।

महानगरवासी भगवान हुन् 
महानगरवासीका समस्याहरू समाधान नगर्दा पटक–पटक विवादमा तानिएका शाक्यले अहिले भाषणमा महानगरवासीलाई नै भगवान भनेर सम्बोधन गरिरहेका छन् । 

‘‘भगवान सबैको मन मनमा हुन्छन । मेरो लागि भगवान भनेका महानगरवासी हुन् । महानगरवासी सुखी र खुसी भए म पनि खुसि हुन्छु,” उनले भने, ‘‘महानगरवासी दुखी भए म पनि दुखी हुन्छु । मेरो मिसन भनेको महानगरवासीलाई खुसी बनाउनु हो ।”

प्रतिबद्धताअनुसार के बन्न सकेन ?

मोनोरेल
मेयर शाक्यको घोषणापत्रमा काठमाडौंमा मोनोरेल गुडाउने भनिएको थियो । तर, मेयर शक्यको अभिव्यक्तिबाट मोनोरेल यथार्थमा गुडाउनका लागि प्रतिबद्धता गरेको भन्ने देखाउन्न ।

‘‘राजनीति गर्ने मानिसले सपना देख्नैपर्छ । सुनेको बेलामा सपना देख्ने विर्सेको बेलामा नदेख्ने होइन । ब्युँझेको बेलामा पूरा गर्ने प्रतिबद्धतासहित पूरा गर्ने सपना थियो ।” 

काठमाडौंमा मोनोरेल ल्याउनबारे अहिले पनि लागिरहेको उनको भनाइ छ ।

‘‘त्यसबेला हामीले विभिन्न विकल्पमध्ये मोनोरेल, मेट्रोरेल, केबलकार र  साझा बसहरूको विकल्पलाई अघि सारेका थियौँ । अहिले पनि विभिन्न विकल्पहरू सोचिरहेका छौँ । पहिले मेट्रोरेल ल्याउँ भन्दा यहाँका भुगर्वविद्हरूले यो भूकम्पिय जोन भएको भएर त्यो सम्भव नभएको बताएका थिए,” शाक्यले भने, ‘‘अहिले तीनै भूगर्वविद्हरूले सबैभन्दा राम्रो मेट्रोरेल नै भनिरहेका छन् । अहिले पनि विज्ञहरूसँग सल्लाह गरिरहेका छौँ । सपना देखिरहेका छौँ । पूरा गर्नैपर्छ भनेर लागि परेका छौँ ।”

मेयर शाक्यले आफूले ल्याएको घोषणापत्रअनुसार काम गर्न संघ र प्रदेश सरकारको सहयोग चाहिने बताए । स्थानीय निकायलाई माथिल्लो निकायले सहयोग नगरे त्यो सपना साकार पार्न नसकिने उनको भनाइ छ । 

‘‘मोनोरेलको प्रतिबद्धता मेरो घोषणापत्रमा मात्रै होइन । हरेक पाेर्टीको घोषणा पत्र हो । घोषणापत्र सबै पाटीको हुने अनि हामीले अलिकति अध्ययन अगाडि बढाउदा विरोध गर्ने ? घोषणापत्र साझा हो सबैले पूरा गर्नुपर्छ,” मेयर शाक्यले भने ।

महानगरले मोनोरेलका लागि चाइनिज कम्पनी सीसीआरसीसँग सम्झौता गरेको थियो । सोहीअनुसार महानगरलाई कम्पनीले रिपोर्ट दिएको थियो । सोही रिपोर्ट कार्यान्वयनका लागि महानगरले केही समय छलफल पनि अघि बढाएको थियो । महानगरले डीपीआरका लागि अनुमति लिएको पनि थियो । तर, डीपीआर नै बनेन । मोनोरेल चलाउँनै पर्छ भन्ने मान्यता अहिले पनि कायमै रहेको शाक्यको भनाइ छ ।

तिनकुने पार्क 
मेयर शाक्यको घोषणापत्रमा तिनकुनेमा आकर्षक बुद्धपार्क बनाउने भनिएको थियो । तर, पाँच वर्षको अवधिमा बन्न सकेन ।

‘‘त्यहाँ पार्क बनाउनको लागि बजेटको व्यवस्थापन गर्‍यौँ । विभिन्न विकल्पमा छलफल पनि गर्‍यौँ । तर अहिलेपनि मुआब्जाको समस्या छ । केहीले मुआब्जा बुझिसके केहीलाई बुझाउनै सकिएको छैन,” शाक्यले भने, ‘‘मुआब्जा दिलाउनका लागि विभिन्न विभागमा गयौँ । विभागहरूले मुआब्जा दिलाउने भनेपछि मुआब्जा दिलाउन सकेनन् । त्यसैले त्यहाँ हामीले पार्क बनाउँन सकेनौँ ।”

भृकुटीमण्डपमा मेघाहल 
काठमाडौंमा कुनै अन्तराष्ट्रिय सभा सम्मेलन गर्न परे त्यसका लागि ठाउँ छैन । मेघाहल बनाउन यातायात, सुरक्षाको हिसाबले उपयुक्त ठाउँ भृकुटीमण्डप हो । त्यहाँ मेघाहल बनाउने मेयर शाक्यको योजना थियो ।

मेघाहलबारे शाक्य भन्छन, ‘‘अस्तव्यस्त रहेको भृकुटीमण्डपलाई व्यवस्थित गरेर हरियाली कायम गर्ने गरी डिजाइन गरेका थियौँ । यसलाई सुधार गर्नुपर्छ भनेर त्यहाँको जग्गा महानगरलाई दिनुपर्‍यो भन्दै राष्ट्रपति, प्रधानमन्त्री, वाग्मती प्रदेशका मुख्यमन्त्री, विभागीय प्रमुखहरूलाई पत्र पठायौँ । तर त्यो जग्गा हामीलाई उपलब्ध गराइएन ।”

पार्किङ भवन
मेयर शाक्यले पार्किङ भवन बनाउने प्रतिवद्धता पनि जाहेर गरेका थिए । उक्त प्रतिवद्धता पनि पूरा भएन । 

‘‘हामीले पार्किङ भवनका लागि टेकुमा टेन्डर गरेका छौँ । कानुनी समस्या भएकाले केही ढिलो भयो । अहिले प्रक्रिया अगाडि बढिरहेको छ । हाम्रो देशमा खरिद प्रक्रिया र डिजाइन गर्नुपर्ने लामो प्रक्रिया छ । त्यसैले ढिलो भएको हो । प्रत्येक कामको नतिजा दिन सकिँदैन । त्यसको जग हाल्ने काम अघि बढिसकेको छ,” उनले भने । 

महानगरको भवन
मेयर शाक्यले पाँच वर्षको कार्यकाल अवधिभर आफ्नै महानगरको भवनसमेत बनाउन सकेनन् । उनले बागदरबार विवाद र कोरोना महामारीको कारण देखाउँदै महानगरको भवन आफ्नो कार्यकालमा नबन्ने बताएका छन् । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ८, २०७८  २०:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement