
काठमाडौं । नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक जगत टमटा मंगलबार एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०७७ ‘डिकेट अफ एक्सिलेन्स’बाट सम्मानित भएका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजाना गरेको कार्यक्रममा टमाटा प्रशिक्षकतर्फ उत्कृष्ट घोषित भएका हुन् । टमाटाकै प्रशिक्षणमा नेपालले २०१८ को विश्वकप छनोटमा नेपाललाई आठौँ स्थान दिलाउँदै आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता दिलाउन सफल भएको थियो ।
प्रशिक्षक टमाटाले २०११ एसीसी यू–१९ कपमा नेपाललाई उपविजेता बनाएका थिए । प्रशिक्षक टमटाले नेपाललाई यू–१९ एसिया कप र यू–१९ विश्वकप छनोट खेलाएका थिए । २०११ नेपाललाई आईसीसी विश्वकप छनोटमा दोस्रो स्थान दिलाउदै प्रशिक्षक टमाटाले यू–१९ विश्वकपमा पुर्याएका थिए ।
नेपालले २०१२ मा यू–१९ विश्वकप खेल्दा टमाटा सहायक प्रशिक्षक थिए । २०१८ नेपाललाई डिभिजन–२ को फाइनलमा पुर्याउँदै विश्वकप छनोटमा स्थान बनाउन सफल भएका थिए । टमटाकै प्रशिक्षणमा नेपालले १३औँ दक्षिण एसियाली खेलकुदमा काश्य पदक जितेको थियो ।
नेपालले टमाटाकै प्रशिक्षमा यूएईविरुद्धको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला जिताएका थिए । नेदरल्यान्डविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला बराबरी गर्दा पनि टमाटा नेपालका प्रशिक्षक थिए ।