site stats
बाह्रखरी :: Baahrakhari
खेल
सावित्राले जितिन् दशककै उत्कृष्ट महिला खेलाडी अवार्ड

काठमाडौं । नेपाली फुटबलमा पछिल्लो दशक एकछत्र राज गर्न सफल सावित्रा भण्डारी मंगलबार एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०७७ ‘डिकेट अफ एक्सिलेन्स’बाट सम्मानित भएकी छन् । नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजाना गरेको कार्यक्रममा सावित्राले महिला स्पार्धामा पल्सर स्पोर्ट्स अवार्ड–२०७७ ‘डिकेट अफ एक्सिलेन्स’ अवार्ड जितेका हुन् ।

महिलातर्फको दशक अवार्ड विजेता सावित्राको नाममा थुप्रै कीर्तिमान छन् । 

सावित्रा भण्डारीकै प्रदर्शनमा नेपालले महिला साफ च्याम्पियनसिपमा दुई पटक रजत पदक जित्न सफल भएको थियो । त्यस्तै दक्षिण एसियाली खेलकुदमा नेपालले दुईपटक रजत पदक जित्दा सावित्राले अब्बल प्रदर्शन गरेकी थिइन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नेपाली महिला टोलीबाट सबैभन्दा धेरै गोल गर्ने कीर्तिमान पनि सावित्राकै नाममा छ । सावित्राको नाममा ४० खेलमा सर्वाधिक ३८ गोल गरेकी छन् । 

No description available.

सावित्राले नेपालमा मात्र नभई भारतको महिला आई लिगमा पन आफुलाई अब्बल प्रमाणित गरेकी छन् । सावित्राकै उत्कृष्ट प्रदर्शनमा उनको क्लब सेतु एफसीले दुईपटक आई लिगको उपाधि जितेको थियो ।

हिरो कपको फाइनलमा दक्षिण एसियाको पावर हाउस भारतलाई हराउँदा नेपालबाट दुबै गोल सावित्राले गरेकी थिइन् ।

सावित्राले २०१९ मा सम्पन्न साफ च्याम्पियनसिपको सबै खेलमा गोल गरेकी थिइन् । उनी प्रतियोगितामै सबभन्दा धेरै गोल गर्ने खेलाडी हुन् । 

किर्गिस्तानमा नावेज्दा कपमा नेपाल उपविजेता बन्दा पनि सावित्राले उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । उनले उक्त प्रतियोगितामा सात गोल गर्न सफल भएकी थिइन् । 

प्रकाशित मिति: मंगलबार, चैत ८, २०७८  १८:४७
प्रतिक्रिया दिनुहोस्