site stats
बाह्रखरी :: Baahrakhari
देश
सार्वजनिक स्थानमा नाबालकमाथि हातपात गरेको आरोपमा तीनजना पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । सार्वजनिक स्थानमा नाबालकमाथि हातपात गरेको आरोपमा काठमाडौंबाट तीनजना पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका–२०, कोहिटीस्थित बस्ने १८ वर्षीय किशोर र एक नाबालकलाई अभद्र व्यवहार (सार्वजनिक स्थानमा हातपात) गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–२१। लगन घर भएका ३० वर्षीय अनिज नेपाली, सोही ठाउँ बस्ने ३० वर्षीय सुमन नेपाली र १६ वर्षीय किशोर रहेका छन् ।

होली पर्वमा भएको विवादलाई लिएर उनीहरूले कुटपिट गरेको खुलेको छ । महानगरीय प्रहरी कन्ट्रोल कक्ष र क्विक रेस्पोन्स टिमबाट खटिएको प्रहरी टोलीले पीडितलाई उद्धार गरी उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा पठाइएको थियो ।

पक्राउ परेकाहरूविरुद्ध अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिन म्याद अनुमति लिई महानगरीय प्रहरी वृत्त जनसेवाबाट आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रकाशित मिति: मंगलबार, चैत ८, २०७८  १३:२८
प्रतिक्रिया दिनुहोस्