site stats
बाह्रखरी :: Baahrakhari
देश
आपराधिक विश्वासघात कसुरमा संलग्न आरोप महिला पक्राउ
प्रतीकात्मक तस्बिर ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । ठगी तथा आपराधिक विश्वासघातको कसुरमा संलग्न रहेको आरोपमा काठमाडौंबाट एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१६ घर भएकी ५४ वर्षीया विमला श्रेष्ठ छन् ।

एक पीडितको नवलपरासीस्थित जग्गा–जमिन खण्डीकरण र बिक्री गरी सोबापत प्राप्त प्रतिफल बाडफाँड गर्नेलगायत झुक्यानमा पारी जग्गा लिई पीडितलाई दिनुपर्ने नगद दुई करोड ५६ लाख रूपैयाँ नदिई फरार रहेकी उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–१६, बालाजुबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय नवलपरासी पठाइएको परिसरले जानकारी दिएको छ ।

प्रकाशित मिति: मंगलबार, चैत ८, २०७८  १२:५०
प्रतिक्रिया दिनुहोस्