site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नेपाल इन्स्योरेन्सले ११ प्रतिशत बोनस सेयर दिने
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाल इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । सोमबार बसेको  कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को  मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले सेयरधनीलाई हाल कायम चुक्ता पुँजी एक अर्ब २४ करोड २३ लाख ३८ हजार ५६४ रुपैयाँको ११ प्रतिशतका दरले बोनस सेयर र उक्त बोनस सेयरमा लाग्ने कर प्रयोजनार्थ ०.५७८९ प्रतिशत नगद लाभांश गरी कुल ११.५७९८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीको प्रस्तावित लाभांश बिमा समितिको स्वीकृति र आउँदो वार्षिक साधारणसभाबाट स्वीकतृ भएपछि सेयरधनीमा वितरण हुनेछ ।

प्रकाशित मिति: मंगलबार, चैत ८, २०७८  ११:००
प्रतिक्रिया दिनुहोस्