site stats
बाह्रखरी :: Baahrakhari
देश
मोटरसाइकल घरको भित्तामा ठोक्किँदा युवकको मृत्यु
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । मोरङको कटहरी गाउँपालिका–५ स्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । एकजना गम्भीर घाइते छन् ।

मोटरसाइकल चालक स्थानीय २२ वर्षीय रबि हजारी थारुको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा विराटनगरस्थित कोसी अस्पतालमा सोमबार राति १० बजे मृत्यु भएको जनाइएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

घाइते भएका मोटरसाइकलमा पछाडि २६ वर्षीय सत्यनारायण माझीको सोही अस्पतालमा उपचार भइरहेको छ ।

को२९प ९१९७ नम्बरको मोटरसाइकल हिजो बेलुका करिब साढे ८ बजे अनियन्त्रित भई घरको भित्तामा ठोक्किएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।

प्रकाशित मिति: मंगलबार, चैत ८, २०७८  ०९:५१
प्रतिक्रिया दिनुहोस्