site stats
बाह्रखरी :: Baahrakhari
देश
इलाम, कैलाली, सप्तरी र रूपन्देहीमा चारजना मृत फेला

काठमाडौं । इलाम, कैलाली, सप्तरी र रूपन्देहीमा चारजना मृत अवस्थामा फेला परेका छन् ।

इलामको इलाम नगरपालिका–८ स्थित डेरा गरी बस्ने पाँचथर फाल्गुनन्द गाउँपालिका–४ चिलिङदिन घर भएका ५५ वर्षीय टिका नेम्वाङ आफ्नै कोठामा मृत अवस्थामा फेला परेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कैलालीको लम्कीचुहा नगरपालिका–१० सुतैया बस्ने ५० वर्षीया हिरा चौधरी आफ्नै घरदेखि करिब १ किलोमिटर टाढा गहुँ बारीमा मृत अवस्थामा फेला परेकी छन् ।

सप्तरीमा रूपनी गाउँपालिका–५ मुसरनिया बसपिटी गाउँस्थित पोखरीमा सोही ठाउँ बस्ने २५ वर्षीय मोहम्मद अंसारुल मृत अवस्थामा फेला परेका छन् । नरिवलको डोरीले बाँधिएको अवस्थामा उनको शव फेला परेको हो ।

रूपन्देहीमा तिलोत्तमा नगरपालिका–१० सक्रहवास्थित रोहिणी खोलामा हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन् । 

प्रकाशित मिति: सोमबार, चैत ७, २०७८  १८:१६
प्रतिक्रिया दिनुहोस्