देश

काठमाडौं । ललितपुरमा बलात्कार आरोपमा एकजना पक्राउ परेका छन् । १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा ललितपुर महागनरपालिका–२४ बस्ने जाजरकोट सिवालय गाउँपालिका–४ घर भएका २४ वर्षीय नबिन खत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।
खत्रीले ती किशोरीलाई गत फागुन २५ गते ललितपुर महानगरपालिका–२१ खोकना भैँसेपाटीस्थित जङगलमा बलात्कार गरेको आरोप छ ।
महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रकाशित मिति: सोमबार, चैत ७, २०७८ १८:१४
प्रतिक्रिया दिनुहोस्