site stats
बाह्रखरी :: Baahrakhari
देश
भारतको अनुदानमा बनेको ताप्लेजुङको सिनाम उच्च माविको भवन उद्घाटन

काठमाडौं । भारत सरकारको अनुदानमा बनेको ताप्लेजुङस्थित सिनाममा अवस्थित श्री सिनाम उच्च माध्यमिक विद्यालयको नवनिर्मित भवनको आज उद्घाटन भएको छ । 

सांसद योगेश भट्टराई, भारतीय दूतावासका प्रथम सचिव रोहित मिश्रा र सांसद भुपेन्द्र थेवेले संयुक्त रूपमा भवनको उद्घाटन गरेका हुन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

‘भारत–नेपाल विकास सहकार्य’ कार्यक्रम अन्तर्गत भारत सरकारको अनुदान सहयोगमा ३ करोड १० लाखको लागतमा दुई तले भवनको निर्माण भएको हो ।

सन् १९५० मा स्थापना भएको यस विद्यालयमा हाल १ हजार ६ सय विद्यार्थी अध्ययनरत छन् । 

सन् २००३ यता भारतले नेपालमा ५२३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू अघि बढाइसकेकोमा ४६७ वटा सम्पन्न भइसकेका छन् । ती मध्ये ताप्लेजुङका २ गरी प्रदेश १ मा ७८ वटा रहेका छन् । 

प्रकाशित मिति: सोमबार, चैत ७, २०७८  १८:०५
प्रतिक्रिया दिनुहोस्