site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सोनामका उत्पादनमा ७० प्रतिशतसम्म छुट
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । सोनामले आफ्नो उत्पादनमा ७० प्रतिशतसम्म छुट योजना ल्याएको छ । चैत १ देखि लागु भएको योजना चैत १७ गतेसम्मका रहेको कम्पनीले जनाएको छ । व्यक्तिगत प्रयोजन तथा ट्रेकिङमा उपयोग हुने उच्च गुणस्तरीय सामग्रीको ब्रान्ड सोनामले विन्टर सेल अफर सार्वजनिक गरेको हो ।

यो योजनामा छानिएका वस्तुमा ७० प्रतिशतसम्म छुट पाइने कम्पनीले जनाएको छ । विशेष छुट कम्पनीका सबै आउटलेटमा लागू गरिएको छ । सोनम ब्रान्डमा महिला, बालबालिका र पुरुषका ज्याकेट, ट्राउजर, सर्ट, पाइन्ट, पञ्जा, जिम भेस्ट, स्वेटर, कोट, ट्रेकिङ जाँदालगाउने पोसाक, टेन्ट, ब्यागलगायत उत्पादन छन् ।

राजधानी उपत्यकामा ठमेलको क्वाबहाल र, ललितपुरको जावलाखेल र कुमारीपाटी, कमलपोखरीको सिटी सेन्टर, टुसाल, चाबहिलको केएल टावर, सुन्धाराको सिभिलमल, बालाजुको बिजीमल, जडीबुटीको जडिबुटी चोक, चितवनको सिजी ल्यान्डमार्क, सुन्सरीको धरान पुतलीलाइन, नाम्चे तथा पोखराको लेकसाइड र न्युरोडमा सोनमका सोरुम रहेको जनाइएको छ । 

प्रकाशित मिति: सोमबार, चैत ७, २०७८  १८:०२
प्रतिक्रिया दिनुहोस्