site stats
बाह्रखरी :: Baahrakhari
देश
१५ दिनभित्र हतियार बुझाउन सुर्खेत प्रशासनको आग्रह
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । जिल्ला प्रशासन कार्यालय सुर्खेतले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै १५ दिनभित्र हतियार बुझाउन आग्रह गरेको छ । निर्वाचनलाई शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न इजाजतप्राप्त हतियार बुझाउन जिल्लाबासीलाई आग्रह गरेको हो ।

‘‘आगामी वैसाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै निर्वाचनलाई शान्तिपूर्ण र भयरहित तवरबाट सम्पन्न गर्न आफूसँग भएका हातहतियार निर्वाचन सकिएपश्चात फिर्ता पाउने गरी १५ दिनभित्र नजिकको इलाका कार्यालयहरुमार्फत जिल्ला प्रशासन कार्यालय सुर्खेतमा बुझाउन सम्बन्धित सबैमा जानकारी गराइन्छ,” प्रशासनद्वारा जारी सूचनामा भनिएको छ । 

प्रकाशित मिति: सोमबार, चैत ७, २०७८  १५:४९
प्रतिक्रिया दिनुहोस्