site stats
बाह्रखरी :: Baahrakhari
देश
सुर्खेतको छिन्चुबजार आज पनि तनावग्रस्त

काठमाडौं । चैत ५ गते दिउँसो लेकबेँसी नगरपालिका–५ नेटाकी लक्ष्मी पुलामीमगरको टिपरको ठक्करबाट मृत्यु भएपछि सुर्खेत छिन्चु बजार तनावग्रस्त बनेको छ ।

यातायात र व्यवसाय बन्द गर्दा बजारक्षेत्र तनावग्रस्त बनेको हो ।  उनी मोटरसाइकलको पछि बसेर सवार थिइन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

वीरेन्द्रनगरबाट छिन्चुतर्फ जाँदै गरेको ७ प. १७९९ नम्बरको मोटरसाइकललाई भे. १ ख. ३१०२ नम्बरको टिप्परले पछाडिबाट ठक्कर दिँदा सो घटना भएको थियो । 

मृतकका आफन्तले आज पनि राहतसहित विभिन्न माग राखी सडक र बजारक्षेत्र अवरुद्ध गरेका छन् । 

प्रदेश प्रहरी सुर्खेतका अनुसार टिपरचालक ३१ वर्षीय राजु थापा मगर र मोटरसाइकल चालक प्रहरीको नियन्त्रणमा छन् ।
 

प्रकाशित मिति: सोमबार, चैत ७, २०७८  १५:१७
प्रतिक्रिया दिनुहोस्