site stats
बाह्रखरी :: Baahrakhari
देश
पल शाहविरुद्धको अनुसन्धान सकियो, प्रहरीले बुझायो प्रतिवेदन

काठमाडौं । प्रहरीले नाबालिग बलात्कारको आरोप लागेका पल शाहविरुद्धको अनुसन्धान सकाएको छ ।

एक १७ वर्षीया गायिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका पलको अनुसन्धान सकाएर प्रतिवेदन बुझाएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार अनुसन्धान सकाएर जिल्ला सरकारी वकिलको कार्यालय तनहुँमा प्रतिवेदन बुझाइएको छ ।

जिल्ला अदालत तनहुँले तीनपटक गरी २१ दिन सम्म म्याद थपेर प्रहरीलाई अनुसन्धान गर्न अनुमति दिएको थियो ।
 

प्रकाशित मिति: सोमबार, चैत ७, २०७८  १४:५२
प्रतिक्रिया दिनुहोस्