site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
राष्ट्रिय स्तरको कोडफेस्ट हुने

काठमाडौं । युथ इन सोसल चेन्ज नामक गैर नाफामूलक सामाजिक संस्था प्राविधिक परियोजना कोड फर चेन्जले मार्च र अप्रिलमा राष्ट्रिय स्तरको "कोडपफेस्ट" नामक ह्याकाथोन आयोजना गर्ने भएको छ ।

ह्याकाथोनको माध्यमबाट व्यक्तिले समाजमा रहेका समस्याहरूको समाधान खोज्ने र त्यसको समाधानमा आफूलाई सम्मिलित गर्ने भएकाले पनि ह्याकाथोन समस्या समाधानमा उत्कृष्ट मानिन्छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कोडपफेस्ट एक राष्ट्रिय स्तरको ह्याकाथोन हो जहाँ प्रविधिको डोमेनका विधार्थीहरूलाई सम्मिलित गराइन्छ र दिगो विकासका ७ लक्षहरूमा उनीहरूलाई आफ्नो विवेक, रचना र उनीहरूले शैक्षिक संस्थाबाट सिकेका ज्ञानहरूलाई वास्तविक समस्याहरूको समाधानमा प्रयोग गर्न जोड दिइने जनाइएको छ । कोडपफेस्ट, आफूसँग आइडिया भएर पनि उचित प्लेटफर्म तथा एक्सपोजर नपाएका विद्यार्थीहरूका एक सुनौलो अवसर हुन सक्ने जनाइएको छ ।  

कोडपफेस्ट विभिन्न प्रादेशिक र राष्ट्रिय स्तरमा गर्दै विभिन्न चरणहरूमा हुने कार्यक्रम हो जसमा विद्यार्थीहरूले आफू पढ्दै गरेको कलेजलाई प्रतिनिधित्व गर्दै वा छुट्टै टिम बनाएर पनि आफ्नो टिम दर्ता गर्न सक्ने जनाइएको छ । उनीहरूले सर्वप्रथम आफ्नै प्रदेशका टिमहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने छ । सातवटै प्रदेशमा उक्त प्रतिस्पर्धा हुनेछ र प्रादेशिक विजेताहरू काठमाडौंमा अन्तिम चरणका लागि प्रतिस्पर्धा गर्ने छन् । यो ३ दिन सम्म चल्ने छ ।

उत्कृष्ट प्रतिस्पर्धीहरूले क्रमशः एक लाख, ५० हजार र २५ हजार बराबरको धनराशी र विभिन्न मेडल तथा प्रमाणपत्र पाउने जनाइएको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत ४, २०७८  १९:०१
प्रतिक्रिया दिनुहोस्