site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
ऊर्जामन्त्री भुसाल र एडीबी प्रतिनिधिबीच नयाँ आयोजनाबारे छलफल

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग एसियाली विकास बैंक (एडीबी) को दक्षिण एसिया विभागका महानिर्देशक किनिची योकोयामा नेतृत्वको प्रतिनिधिमण्डलले जलविद्युत एवं सिँचाइ क्षेत्रका विविध आयोजनाबारे छलफल गरेको छ ।

मन्त्रालयमा शुक्रबार भएको छलफलमा ऊर्जा र सिँचाइ क्षेत्रमा एडीबीको सबैभन्दा ठूलो लगानी रहेको उल्लेख गर्दै उक्त प्रतिनिधिमण्डलले ती आयोजना कार्यान्वयनको अवस्था एवं नयाँ आयोजनाका सम्भावनाका विविध विषयमा चासो राखेको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मन्त्री भुसालले जलस्रोत तथा सिँचाइ क्षेत्रका आयोजना आयोजनालाई सरकारले विशेष प्राथमिकतामा राखेर काम गरिरहेको बताउँदै आर्थिक विकासका लागि सबैभन्दा महत्वपूर्ण विषय कृषि नै भएकाले यस क्षेत्रमा एडीबीको सहयोग आवश्यक रहेको बताइन ।

“सुख्खा जमिनमा सिँचाइ सुविधा पुर्‍याउन सकेमा कृषिजन्य वस्तुको आयात रोक्न सकिन्छ र त्यसले हाम्रो देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याउँछ । त्यसैले हामीलाई तराईसहित मध्यपहाडका खेतियोग्य जमिनमा सिँचाइ आयोजना पुर्‍याउनका लागि एडीबीको सहयोग आवश्यक छ,” उनले भनिन् ।

एडीबीका दक्षिण एसिया महानिर्देशक योकोयामाले ऊर्जा र सिँचाइ क्षेत्रमा एडीबीको सबैभन्दा ठूलो लगानी रहेको उल्लेख गर्दै ती क्षेत्रका आयोजना कार्यान्वयनमा देखिएका समस्या तथा अवस्थालाई सही तवरले समाधान गर्नुपर्ने बताए ।

आयोजना विकास गर्दा सामाजिक एवं प्राविधिक विषय सम्बोधन गरेर समयमै सल्टाउनुपर्ने भन्दै उनले आगामी दिनमा नयाँ योजना पहिचान गरी विकास गर्न सकिने विश्वास व्यक्त गरे । 

प्रकाशित मिति: शुक्रबार, चैत ४, २०७८  १९:५२
प्रतिक्रिया दिनुहोस्