site stats
बाह्रखरी :: Baahrakhari
देश
पल शाहलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । जिल्ला अदालत तनहुँले बलात्कारको आरोप लागेका अभिनेता पल शाहलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

नाबालिग बलात्कारको आरोप लागेका शाहलाई थप पाँच दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

एक नाबालिग किशोरीले शाहविरुद्ध जाहेरी दिएपछि प्रहरीले अनुसन्धान थालेको थियो । सोही क्रममा शाह आफैँ तनहुँ प्रहरीसमक्ष उपस्थित भएका थिए ।

प्रकाशित मिति: शुक्रबार, चैत ४, २०७८  १७:१५
प्रतिक्रिया दिनुहोस्