site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
बजारबाट पुँजी कता हरायो भनेर खोज्दै छु : अर्थमन्त्री शर्मा
फाइल तस्बिर ।

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बजारबाट पुँजी हराएको बताएका छन् । शुक्रबार नागरिक लगानी कोषको ३२औँ वार्षिकोत्सवमा अर्थमन्त्री शर्माले बजारबाट हराएको पुँजी आफूले खोजिरहेको बताए ।

“बजारबाट पुँजी कहाँ हराएको हो ? त्यसको खोजी गर्दैछु । ओछ्यानमुनि त गएको छैन ? कतै स्थिर भएर बसेको त छैन ? म खोजी गर्दैछु,” उनले भने ।

उनले लगानीको वातावरण र पुँजी हराइरहेको बताए । प्रविधिको विकाससँगै त्यसको दुरूपयोगले क्यापिटल फ्लाइट भइरहेको उनको भनाइ छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अहिलेको राष्ट्रिय आवश्यकता र विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि पनि ठुलो लगानीको खाँचो रहेको उनले बताए । त्यसका लागि नागरिक लगानी कोषजस्ता संस्थाको भूमिका महत्वपुर्ण रहेको उनले बताए ।

अर्थमन्त्री शर्माले विमान खरिदका लागि सरकार जमानी बसेर कोषले ऋण दिएका भन्दै निगमलाई दिएको ऋणको विषयमा रोइकराइ गर्न आवश्यक नभएको बताए ।

लगानी भित्र्याउन र जुटाउन विभिन्न उपायहरू अर्थमन्त्रालयले गरिरहेको भन्दै उनले विभिन्न डेभलपमेन्ट फन्ड निर्माण गरिरहेको बताए ।

अर्थ मन्त्रालय अभिभावक भएको भन्दै उनले आफ्नो सन्ततीलाई अभाव नहोस् र बढी पनि नहोस् भन्ने कुरामा सचेत रहेको बताए ।

उनले अब पेट्रोल खपत घटाउनुपर्ने अवस्थामा सरकार रहेको पनि बताए । अर्थ मन्त्रालयमा २० प्रतिशतले इन्धनको खपत घटाउन निर्देशन दिएको भन्दै उनले अन्य निकायलाई पनि यस्तै निर्देशन दिएको बताए ।

“आयात हैन उत्पादनमा लगानी बढाउने र उत्पादन वृद्धिमार्फत आत्मनिभर्र अर्थतन्त्रको दिशामा लाग्नुपर्छ,” उनले भने । 

प्रकाशित मिति: शुक्रबार, चैत ४, २०७८  १६:३१
प्रतिक्रिया दिनुहोस्