अर्थ व्यवसाय

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले धितोपत्र बजारको स्थायित्वका लागि मार्केट डिलरको महत्वपूर्ण भूमिका हुनसक्ने बताएका छन् । शुक्रबार नागरिक लगानी कोषको ३२औँ वार्षिकोत्सवमा उनले बजारको स्थायित्वका लागि बोर्ड सहकार्य गर्न तयार रहेको बताए ।
उनले बैंक निक्षेप भन्दा पनि कोषको पुँजी कसरी पूर्वाधार, क्यापिटल मार्केटमा लगानी गर्न सकिन्छ भन्नेतर्फ ध्यान दिनुपर्ने बताए ।
उनले कर्पाेरेट गभर्नेन्समा सुधारको खाँचो रहेको पनि बताए ।
उनले धितोपत्र बजारको सुधार एवम् विकासका लागि ठुलो कोषको हिसाबले गार्जेनसिपको भूमिका खेल्न कोषलाई आग्रह गरे ।
“ससानो सकबाट बजार प्रभावित नहुनेगरी काम गर्न खाँचो छ,” उनले भने ।
प्रकाशित मिति: शुक्रबार, चैत ४, २०७८ १६:२०
प्रतिक्रिया दिनुहोस्