
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बैंकिङ र व्यवसायिक क्षेत्रमा समस्या देखिएकोभन्दै यस क्षेत्रको व्यवस्थापन गर्न चुनौती रहेको बताएका छन् । शुक्रबार ललितपुर उद्योग वाणिज्य महासंघको ५५ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री शर्माले नेपालको बैंकिङ र व्यवसायिक क्षेत्र चुनौतीपूर्ण अवस्थामा पुगेको भन्दै व्यवस्थापनका लागि सुझाव आवश्यक रहेको बताए ।
मन्त्री शर्माले आयातमा बृद्धि हुनु र अन्तर्राष्ट्रिय क्षेत्रमा हरेक बस्तुमा मूल्यबृद्धि हुँदा बैंकिङ र व्यवसायिक क्षेत्रमा असर परेको बताए । उनले आयात प्रतिस्थापन गर्न ठोस र मूर्तरूपमा क्षेत्रहरू निर्धारण गरेर नै काम गर्नुपर्नेमा जोड दिए ।
आयात प्रतिस्थापनका लािग उत्पादनमा सरकारले विशेष जोड दिएको उनको भनाइ छ । उनले नयाँ बजेट र नीति निर्माण गर्ने बेला आएकाले निजी क्षेत्रको सुझाव आवश्यक रहेको र व्यवसायिक प्रवद्र्धन गर्ने उद्धेश्यले नै बजेट तयार गरिएको बताए ।