site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Nabil BankNabil Bank
रुस–युक्रेन द्वन्द्वबाट प्रभावित ५६२ नेपाली सुरक्षित स्थानमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । रुस–युक्रेन द्वन्द्वबाट प्रभावित ५६२ नेपाली नागरिक सुरक्षित स्थानमा पुगेका छन् ।

युक्रेनबाट नेपाली सुरक्षित स्थानको खोजी गर्दै पोल्यान्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र माल्दावालगायत देशमा पुगेका छन् । गैरआवासीय नेपाली संघको रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माका अनुसार हालसम्म पोल्यान्डमा ४४३, स्लोभाकिया ७८, रोमानियामा २४, हंगेरीमा १३ र माल्दावामा चार नेपाली पुगेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

युक्रेन युद्धबाट विस्थापित भई विभिन्न देशका सीमाबाट निस्किएका नेपाली सुरक्षित बसोबास र भविष्यका लागि तेस्रो मुलुकतिर जाने क्रम बढ्दो छ । तीमध्ये ४८ नेपाली गैरआवासीय नेपाली संघ पोर्चुगलको सम्पर्क पुगेको संघका महासचिव राजकुमार थापाले जनाकारी दिए ।

थापाका अनुसार ती नेपालीलाई एनआरएन पोर्चुगलले आवश्यक कानुनी तथा व्यावहारिक विषयमा सुझाव र सहयोग प्रदान गर्दै आएको छ ।

Global Ime bank

यस्तै, युक्रेनको खारकिभ सहरमा अलपत्र परेका कमल पोखरेलसहित ६ जनाको समूह सुरक्षित रूपमा पोल्यान्डको सीमा क्षेत्रमा पुगेको उच्चस्तरीय समितिका सदस्यसचिव डा. चिरन्जीवी खड्काले जानकारी दिए ।

उद्धार र राहत कार्यमा समन्वय गर्न जर्मनीस्थित नेपाली राजदूत रामकाजी खड्काको अध्यक्षतामा र गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. बद्री केसीको संयोजत्वमा गठित एक उच्चस्तरीय समिति सक्रिय छ । युद्धबाट विस्थापित नेपालीको उद्धारका लागि राजदूत खड्का, एनआरएनए अध्यक्ष कुमार पन्त सीमा क्षेत्रमा आफैँ खटिएका थिए ।

युक्रेनबाट विस्थापितहरूलाई नेपाली समुदायकै सहयोगमा विभिन्न स्थानमा खाना, बस्न र सामान्य उपचारको बन्दोबस्त समेत गरिएको बर्लिनस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासले युक्रेनबाट निस्केका नेपाली नागरिकलाई भारत सरकारबाट सञ्चालित उडानमार्फत नेपाल पठाउन आवश्यक पहल समेत भइरहेको जनाएको छ । उद्धार समितिले युक्रेनबाट विस्थापित भएका नेपालीको नियमित रूपमा तथ्यांक संकलन गर्दै आएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २४, २०७८  १२:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय