site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यो तिजमा मुनाका कस्ता गीत ? (भिडियाेसहित)
Tiktok banner adTiktok banner ad
काठमाडौं । मुना थापा मगर अहिलेकी लोकप्रिय गायिका हुन् । लोकदोहोरी गायनमा सदाबहार मुना तिजमा निकै व्यस्त छिन् । उनी तिज आउन तीन महिना अघिदेखि नै व्यस्त छिन् । आफूसँगै उनले अरुका एल्बममा पनि गीत गाइरहेकी छन् । गीतसँगै उनलाई स्टेज कार्यक्रम गर्न पनि धमाधम छ । मुनाले यो वर्ष कति र कस्ता गीत गाइन् त ? 
‘अलि छिटो गरेर साइत’ 
तिजमा सामान्यतयाः विवाहित महिलाहरू माइत जाने र साथीसंगीहरूसँग भेटघाट गर्ने परम्परा छ । वर्षभरि माइतमा खेपेका दुःख र संगालेको पिर वेदना साटासाट गर्ने माध्यम तिज बन्ने गरेको छ । यी र यस्तै विषयलाई समेटेर तिजका गीत बन्ने गरेका छन् । ‘अलि छिटो गरेर साइत’ पनि यस्तैमध्येको एक गीत हो । मुना थापा मगरको स्वर रहेको गीतमा शब्द तथा लय संकलन प्रेमसागर पौडेलको छ । 
‘पानी पोके’ 
तीजका गीतमा संस्कार र संस्कृतिका कुरामात्रै हुँदैनन् । पछिल्लो समय समाजका विकृति र विसंगतिविरुद्ध प्रहार पनि हुन थालेको छ । राजनीतिक, सामाजिक र सांस्कृतिक विसंगतिविरुद्ध तिज गीत गाउन थालिएको छ । यस्ता गीतमा मुनाले पनि स्वर भरेकी छन् । 
मुना थापा मगर र पुरुषोत्तम सत्यालको स्वर रहेको ‘पानी पोके’ मा विनय चौधरीको शब्द तथा मधुकर थापा मगरको लय संकलन छ । 
‘रातो सारीमा’ 
रातो सारी र पहेँला गरगहनामा सजिएर तिजको व्रत बस्नु तिजको विशेषता हो । तिजका गीतको भिडियो हेर्दा पनि यो तत्थ्यलाई स्पष्ट गर्छ । तिजका गीतमा पनि यस्तै शब्दहरू प्रशस्त प्रयोग गरिएका हुन्छन् । 
‘रातो सारीमा’ मुना थापालाई सुरेश रावलले साथ दिएका छन् । शब्द सुरेश रावलको रहेको गीतमा लय संकलन पनि सुरेश रावलकै छ । 
 
‘सुनको बाला’ 
पौराणिक कालदेखि नै हाम्रो रितिरिवाज, परम्परा, चाडपर्व मनाउँदै आएको इतिहास छ । प्राचिन समयदेखि नै मनाउँदै आएको भनिएको तिजमा महिलाहरू गरगहनाले सजिएर व्रत बस्दै आएका छन् । पछिल्लो समय तिज गरगहनाले झकिझकाउ भएर आफ्नो आर्थिक हैसियत देखाउने पर्व पनि बन्न थालेको छ । 
मुना थापा र सुमन थापाको स्वर रहेको ‘सुनको बाला’ मा शब्द लेखेका छन्, कुलदिप सापकोटाले भने लय संकलन गायक सुमन थापा स्वयंले गरेका छन् । 
 
‘मेरै बूढा काइदा’ 
महिलाहरूको पर्व तिजका गीत पनि समयसँगै फेरिँदै गएका छन् । सासु र बुहारीको सम्बन्धमात्रै होइन, घरपरिवारका रमाइला कुराहरू पनि गीतमा चित्रित गर्न थालिएको छ । श्रीमान्सँगै देवर तथा नन्द–भाउजुका कुराहरू पनि गीतमा समावेश गर्न थालिएको छ ।  
‘मेरै बूढा काइदा’ बोलको गीतमा मुना थापासँगै दीपक अर्यालको स्वर छ । शब्द शिव हमालको रहेको गीतमा लय संकलन पनि शिव हमालकै छ । 
 
‘साली भेना’  
लोकप्रिय गायक–गायिकालाई आफ्नो एल्बममा गीत गाउन लगाउने परम्परा नेपाली संगीत उद्योगमा नयाँ होइन । चाहे लोकदोहोरीमा होस् या सुगम संगीत, चलेका कलाकारलाई आफ्नो एल्बमका लागि गीत गाउन लगाउने परम्परा छ । व्यवसायिकताका नाममा यो परम्परा फष्टाएको छ । 
‘साली भेना’ मा स्वर मुना थापा मगर र अमित परियारको छ । शब्द अमित परियार र मुस्कान सोनिया सानुको छ । गीतमा लय संकलन किरण बाबु पुनको छ ।  
 
‘मेरो त बूढा छन् राजेश हमालझैँ’
विगतका वर्षमा झैँ यो साल पनि मुनालाई आफ्नो एल्बममा गीत गाउन लगाउने लोकदोहोरी गायक तथा लोकगीत प्रेमीहरुको भीड नै लाग्यो । उनको स्वर राखेर गीत गाउन लागाउनेहरु थुप्रै आए । मुनाले पनि आफूले भ्याएसम्म अरुको एल्बमका लागि गीत गाइदिइन् ।  
‘मेरो त बूढा छन् राजेश हमालझैँ’ मा मुना थापा मगर र धिरज पाल्पालीको स्वर छ । रमेश विजिको शब्द रहेको गीतमा लय संकलन गायक धिरज पाल्पालीकै छ । 
 
‘हाँसे पनि मन बुझ्छ मेरो त’
तिजमा परिवारका विषयमा मात्रै कुरा हुँदैनन् । माया प्रेमका विषयमा पनि कुरा हुन्छन् । तिजका गीतमा त झन् यसले प्राथमिकता पाएको छ । गीतलाई व्यावसायिक बनाउन पनि पछिल्ला केही वर्षयता यो अभ्यास बढेर गएको छ । यसको उदाहरणका रूपमा ‘हाँसे पनि मन बुझ्छ मेरो त’ लाई लिन सकिन्छ । 
मुना थापा मगरले यो सालको तिजमा ‘हाँसे पनि मन बुझ्छ मेरो त’ बोलको तिज गीत पनि गाइन् । यो गीतमा मुनालाई गायनमा विजय केसीले साथ दिएका छन् । रामजी पौडेलको शब्द रहेको गीतमा लय संकलन पनि राजन कार्कीले नै गरेका छन् । 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १, २०७३  १५:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro