site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Nabil BankNabil Bank
अमेरिकामा विवाहका लागि जोडी खोज्न सहयोग गर्दै नेपाली मन्दिर
Sarbottam CementSarbottam Cement

ड्यालस (अमेरिका) । के तपाईं नेपालमा हुनुहुन्छ तर अमेरिकामा रहेका नेपाली समुदायसँग विवाह गर्ने सोचमा हुनुहुन्छ ?
तपाईं अमेरिकामा हुनुहुन्छ । नेपालमा गएर विहे गर्ने योजना बुन्दै हुनुहुन्छ ?

यदि यसो हो भने तपाईंका लागि योग्य जोडी खोज्न अमेरिकाको टेक्सस राज्यस्थित ड्यालसमा रहेको नेपाली मन्दिरले सहयोग गर्न सक्नेछ ।

नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र, जसलाई नेपाली मन्दिर अथवा पशुपतिनाथ तथा बुद्ध मन्दिरका नामले चिनिन्छ यही संस्थाले नेपाली संस्कृतिमै विवाह गर्न चाहनेका लागि सहयोग गर्ने विशेष कार्यक्रम सुरु गरेको छ । ‘बरबधु मिलन कार्यक्रम’ नाम दिइएको यो कार्यक्रम सुरु भएको एक हप्ता भयो । 

Prabhu Bank
Agni Group
NIC Asia

यसबीचमा संस्थामा विवाह गर्नका लागि दर्जनौँ नामहरु प्राप्त भैसकेको कार्यक्रम संयोजक डा. मुरली अधिकारीले जानकारी दिए ।

ड्यालसको मन्दिरले बरबधु मिलन कार्यक्रम थालनी गरेपछि यहाँ रहेका नेपालीका लागि सहज भएको छ  । नेपाली मन्दिरले एक वर्षसम्मको गृहकार्य एवं कानुनी तथा व्यबहारिक पक्षको अनुसन्धान पछि यो कार्यक्रम सुरुवात गरेको छ ।

Global Ime bank

‘आफ्नै नेपाली संस्कार र संस्कृतिभित्रै बर तथा बधु चाहनेहरुका लागि सजिलो र विश्वासयोग्य प्लाटफर्म हुनुपर्छ भन्ने उद्वेश्यले यो कार्यक्रम सुरु गरिएको हो’ डा.अधिकारीले प्रष्ट पारे । अमेरिकामा सामाजिक सञ्जालका माध्यमबाट वा भारतीयले जोडी मिलाउने वेबसाइटहरु चलाएका छन् । तर नेपाली समुदाय र अझै विशेषगरि अमेरिकामा नेपालीले स्थापना गरेको मन्दिरबाट यस्तो वैवाहिक कार्यक्रम पहिलोपटक सुरु भएको हो ।

‘यो कार्यक्रमबाट बरले उपयुक्त बधु र बधुले आफूले खोजेको जस्तो वर पाउन सक्ने अवस्था सिर्जना हुनेछ’ कार्यक्रमकी वेबसाइट निर्देशक डा. विष्णुमाया उपाध्यायले भनिन् । 

झट्ट हेर्दा कार्यक्रमको प्रारुप म्यारिज व्यूरोको जस्तो देखिन्छ । तर सामाजिक तथा धार्मिक संस्थाले कुनै व्यावसायिक प्रयोजनका लागि नभै समुदायकै लागि यो कार्यक्रम सुरु गरेको हो ।

अमेरिकामा सम्पर्क तथा पहुँचको अभावले अध्ययन सकेर, राम्रो काम गरेर विवाहयोग्य उमेर पुगेका थुप्रै नेपालीहरु छन् ।

तिनलाई एउटै वेबसाइटमार्फत सम्पर्कमा जोड्ने पुलको काम मन्दिरले गर्न लागेको हो ।

यो कार्यक्रममा सहभागी हुनका लागि १८ वर्ष उमेर पुगेकाहरुले वेबसाइटमा गएर आफ्नो विवरण भर्नुपर्छ । अभिभावकले समेत आफ्ना विवाहयोग्य छोराछोरीका लागि फर्म भर्न सक्नेछन् । ‘वेबसाइटमा भरिएका सबै विवरणहरु गोप्य हुनेछन् । उहाँहरुको विवरणहरु मध्यबाट जात, उमेर, उचाई, शैक्षिक योग्यता लगायतका विवरणमात्र वेबसाइटमा सार्वजनिक हुनेछन्’ बरबधु कार्यक्रमको लागि सहजीकरण गरेका मन्दिरका पूजारी मेघराज निरौलाले भने ।

आवेदन दिनका लागि वेबसाइटमा गएर सबै विवरण भर्नुपर्छ । मजाकको विषय नहोस् र सिरियस व्यक्तिहरुले मात्र आवेदन दिउन् भनेर ९९ डलर शुल्क राखिएको छ । निःशुल्क गर्दा हेरौं न त भनेका भरमा जथाभावी दर्ता हुने सम्भावना देखिएपछि शुल्क राखिएको हो । केही समयका लागि शुल्कमा ५० प्रतिशत छुट दिइएको छ । यो प्रवर्धनात्मक अवधिका लागि छुट गरिएको हो ।
बरबधुको लागि भनेर भरिएका व्यक्तिगत डाटाको सुरक्षा लगायतका कानुनी प्रकृयाका बारेमा मन्दिरले निकै लामो अध्ययन गरेको छ । यही क्षेत्रमा लागेका अमेरिकी कानुनका ज्ञाताहरु समेतको परामर्शमा वेबसाइटको डिजाइन गरिएको छ । यो कार्यका लागि मन्दिरले झन्डै एक वर्ष समय खर्चिएको संयोजक डा. अधिकारीले उल्लेख गरे ।

‘पछिल्लो समयमा हाम्रो समुदायका लागि कुन कुरा बढी आवश्यक छ भनेर हेर्दा विवाहयोग्य उमेर पुगेका थुप्रै व्यक्तिहरु देखिएको र जोडा मिलाउन सक्ने निकाय नभएपछि यो कार्यक्रम सुरु भएको हो’ नेपाली मन्दिरका अध्यक्ष सुरेशचन्द्र पोखरेलले थपे ।

बरबधु कार्यक्रममा सहभागी हुनका लागि अमेरिकामै नभए पनि हुन्छ । नेपालमा रहेका र विवाहयोग्य उमेर पुगेकाले आफूले चाहेअनुसारको बरबधु उल्लेख गरेर पनि फर्म भर्न सक्नेछन् । फर्म भर्दा कुन देशमा रहेकासँग विवाह गर्न चाहेको समेत उल्लेख गर्न सकिन्छ ।

अमेरिकामा रहेकाले नेपाल वा अन्य देशमा र नेपालमा रहेकाले पनि अमेरिकालगायत अन्य देशमा रहेका नेपालीसँग विवाह गर्नका लागि आफ्नो विवरण भरेर वेबसाइटमा राख्न सक्छन् । वेबसाइटमा रहने हरेक व्यक्तिका लागि छुट्टाछुट्टै आइडी नम्बर हुन्छ । त्यही आइडी नम्बरका उल्लेख गरेर मन्दिरका पुजारी तथा सहजकर्ता मेघराज निरौलासँग सम्पर्क गर्न सकिन्छ ।

‘भेट गराइदिनेसम्मको दायित्व मन्दिरको हो, त्यसपछि उहाँहरुबीचनै सहमतिमा बिहेको कुरा अघि बढाउने या रोकिने निधो हुन्छ,’ डा. अधिकारीले भने ।

हिमालय खबरबाट 
 

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १०, २०७८  ०९:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय