site stats
बाह्रखरी :: Baahrakhari
विदेश
‘अरेन्ज म्यारिज’ बाट बचाऊ भन्दै प्रेमिका खोज्न बिल्बोर्डमा आफ्नै विज्ञापन  !

सीएनएन । हिजोआज सम्भावित जोडी खोज्ने अनेकौँ प्राविधिक उपायहरुको आविस्कार भएका छन् । यसमा युवाहरुको पहिलो छनोट ‘डेटिङ एप्स’ , ‘म्याचमेकिङ वेबसाइट’ या कुनै साथी मार्फत हुने गर्दछ । 

तर मुहम्मद मलिकले भने यसमा अनौठो तरिका अपनाएर चर्चामा आएका छन् । लन्डनमा बस्ने २९ वर्षीय मलिकले बर्मिङगम शहरको बिल्बोर्डमा आफ्नै विज्ञापन राखेर सम्भावित पार्टनरको खोजि गरिरहेका छन् । 

उक्त साइनमा लेखिएको छ, “मलाई अरेन्ज म्यारिजबाट बचाउनुहोस् ” । यससँगै तल उनको वेबसाइटको नाम पनि दिइएको छ जसमा इच्छुक महिलाले उनीसँग सम्पर्क गर्न, चिनजान गर्न सक्नेछन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सो वेबसाइटको नाम नै ‘फाइन्ड मलिक अ वाइफ’ अर्थात मलिकलाई एउटा श्रीमती खोजिदेउ भन्ने रहेको छ । यसमा उनी एक इन्टरप्रेन्योर, खानाका प्रेमी, धार्मिक स्वभावको बताइएको छ । 

उनले किन पार्टनरको खोजिमा यस्तो अनौठो तरिका अपनाए भन्नेमा चाहिँ अहिलेसम्म सही व्यक्ति फेला नपारेकाले सबैको आँखामा पर्न बिल्बोर्ड राख्नुपरेको बताएका हुन् । 

कुनैपनि व्यक्तिमा आफूले आनीबानी, स्वभाव र विश्वसनीयता हेरेर छनोट गर्ने गरेको पनि उनले बताए । आफूले बिल्बोर्डमा लेखेको कुरा कुनै ठट्टा नभएको र यसबारे वास्तवमै गम्भीर रहेको पनि उनले बताएका छन् । 

साथै उनले आफू अरेन्ज म्यारिज अर्थात माँगी विवाहको विरुद्धमा नभएको पनि स्प्ष्ट पारे । इस्लामी धर्ममा पनि माँगी विवाह हुने गरेको तर आफूलाई चाहिँ पहिले आफैँ खोज्न मन भएको उनले बताएका हुन् ।    

 


 

प्रकाशित मिति: शुक्रबार, पुस २३, २०७८  ०८:४३
प्रतिक्रिया दिनुहोस्