site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
जब ओलीले आफैँलाई अध्यक्ष प्रस्ताव गरे...
फाइल तस्बिर ।
Ghorahi CementGhorahi Cement

चितवन । आइतबार राति एमाले अध्यक्ष केपी शर्मा ओलीले दसौँ महाधिवेशनको बन्दसत्रमा केन्द्रीय कमिटी सदस्य र पदाधिकारीको नाम प्रस्ताव गरे । उज्यालो हुनैलाग्दा ओलीले केन्द्रीय कमिटीमा ३०१ जनाको नाम प्रस्ताव गर्दा पदाधिकारीमा आफूसहित १९ नेताहरूको नाम प्रस्ताव गरे । 

अध्यक्षमण्डलका तर्फबाट भनेर उनले पदाधिकारीमा आफूसहित विभिन्न नेताहरूको नाम प्रस्ताव गरेका हुन् । उनले अध्यक्षमा आफैँलाई प्रस्ताव गरेका थिए ।

सौराहाको होटेल सेभेन स्टारमा चलेको बन्द सत्रमा अध्यक्षमा आफूलाई प्रस्ताव गर्दा हल तालीले गुन्जिएको थियो । उनले वरिष्ठ उपाध्यक्षमा ईश्वर पाेखरेल र महासचिवमा शंकर पाेखरेललाई प्रस्ताव गरे ।

Agni Group

यस्तै, उनले वरिष्ठ उपाध्यक्षमा ईश्वर पाेखरेललाई प्रस्ताव गरे । महासचिवमा भने शंकर पाेखरेलको नाम प्रस्ताव गरे । 

ओलीले उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा, विष्णु पाैडेल र सुवास नेम्वाङलाई प्रस्ताव गरे । 

Global Ime bank

उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमालको नाम प्रस्ताव हुँदा सचिवमा योगेश भट्टराई, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, लेखराज भट्ट, पद्मा अर्याल र रघुवीर महासेठको नाम प्रस्ताव भयो ।

ओलीले अध्यक्षमा उम्मेदवारी दिने तयारीमा रहेका भीम रावललाई भने सम्झाउन नसकिएको बताए । "उपाध्यक्ष बस्नु भनेँ, अध्यक्षमा लड्ने भन्नु'भाे । सम्झाउन सकिएन । उपाध्यक्ष भएर काम गर्न आदेश दिएँ । मानिरहनु भएकाे छैन । उम्मेदवारी नदिन आग्रह गर्छाैं," ओलीले भने ।

जवाफमा रावलले आफू अब फर्कने अवस्थामा नरहेको बताए । आफू धेरै अघि बढिसकेकाले फर्किने अवस्था नरहेको उनले बताए ।

रावलले नमानेसँगै अब निर्वाचन प्रक्रिया अघि बढ्ने भएको छ । निर्वाचनको प्रक्रिया सोमबार बिहान सुरु हुने भएको छ । रावलले आफ्नो अडान नछाडेपछि सर्वसम्मत बन्ने ओलीको चाहनामा 'ब्रेक' लाग्ने देखिएको छ ।

यसअघि उपमहासचिव रहेका घनश्याम भुसाललाई ओलीले यसपटक पदाधिकारीमा समेटेका छैनन् । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १३, २०७८  ०४:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC