site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
माओवादी केन्द्र 'पसल' हो, प्रचण्ड त्यसका व्यापारी हुन् : प्रभु साह
Tiktok banner adTiktok banner ad

काठमाडौं । एमालेका नेता प्रभु साहले नेकपा (माओवादी केन्द्र) 'पसल'मा परिणत भएको बताएका छन् । रौतहटको कटहरियामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा नेता साहले माओवादीको एउटा पसलका रूपमा मात्र बाँकी रहेको बताए । 

"नेकपा माओवादी केन्द्र एउटा नाम मात्र हो । खासमा माओवादी एउटा पसलको रूपमा मात्र बाँकी छ । प्रचण्ड त्यसको एउटा व्यापारी बनेको," उनले भने, "माओवादी विचार, विरासत, मुद्दा र सहिदहरूको सपना बेचेर अहिले प्रचण्डले जनतालाई धोका दिएका छन् ।"

जनतालाई धोका दिएको भन्दै उनले प्रचण्डको पतन निश्चित भएको दाबी गरे । "जनतालाई धोका दिने प्रचण्डहरूको पतन निश्चित छ," उनले भने ।

उनले प्रचण्ड केशरजंग रायमाझी प्रवृत्तिको पुनरावृत्ति भएकोसमेत जिकिर गरे ।

उनले भाषणको अधिकांश समय माओवादी नेताहरूको आलोनामा खर्चिएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक २०, २०७८  २२:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro