site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
कांग्रेससँग अहिले मिल्ने सम्भावना छैन
Sarbottam CementSarbottam Cement

प्रमुख प्रतिपक्षी नेकपा एमालेले केही समययता पार्टीले कारबाही गरेका १४ सांसदप्रति सभामुखले दोहोरो मापदण्ड अपनाएको भन्दै संसद्मा अवरोध  गर्दै आइरहेको छ । सोही विषयले सत्तापक्ष र प्रतिपक्षबीचको दरार पनि बढ्दो छ । 

उता, तीनै तहको निर्वाचन एकै साथ हुने चर्चा पनि चलिरहेको छ । यिनै विविध विषयमा केन्द्रित रहेर हामीले नेकपा  एमालेका प्रवक्ता प्रदीप ज्ञवालीलाई केही प्रश्न गरेका छौं । प्रस्तुत छ ज्ञवालीसँग गरिएको कुराकानीको सम्पादित अंश : 

सबै तहका चुनाव एकैपटक गर्ने भन्ने चर्चा पनि भइरहेको छ । त्यसमा एमालेको धारणा के हो ? 

Prabhu Bank
Agni Group
NIC Asia

त्यो दुईवटा कारणले मिल्दैन । हामीले हाम्रा मतदातालाई कन्फुय्जनमा पार्ने होइन । 

उहाँहरुलाई सरल, सहज र आफूले कसलाई मत दिन खोजेको उमेदवारलाई मत दिनेगरी निर्वाचनको प्रक्रियालाई सरलीकृत गर्नुपर्छ । 

Global Ime bank

तीनवटा निर्वाचन एकैसाथ गर्दा मतदाताले कम्तिमा पनि ११ ठाउँमा छाप लगाउनुपर्छ । स्थानीय चुनावमा ७ जना, प्रदेश सभामा १ जना प्रत्यक्ष र समानुपातिक, प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिक गरी ११ ठाउँमा मत हाल्नुपर्छ । 

एकैदिन यसरी मत हाल भन्नु भनेको मतदाताको स्वतन्त्र र विवेकसम्मत निर्णयलाई गञ्जागोल बनाउनु हो । विगतमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एकैसाथ गरेको अनुभव छ ।

त्यसमा धेरै कन्फ्युजन हुँदैन । स्थानीय चुनाव राष्ट्रियभन्दा पनि स्थानीय मुद्दाले प्रभावित हुन्छ ।  त्यसले गर्दा स्थानीय र माथिल्लो तहका निर्वाचन एक आपसमा मिल्दैन । 

एकैपटक गर्नु भनेको मतदातालाई गुमराहमा राख्नु हो । 

एकैपटक गर्दा यसले खर्च त निकै बचाउँछ नि होइन ? 

चुनावमा हुने केही करोड या अर्ब खर्चलाई महत्व दिने हो या राज्य सञ्चालनमा स्वतन्त्र विवेक हुने सुनिश्चितता खोज्ने ?

लोकतन्त्रलाई पैसा वा अरुसँग हेर्ने हो भने त्यसका अरु विकल्प खोज्न सकिएला । तर, त्यतातिर हामी जानुहुँदैन । कम्तिमा पनि स्थानीय तहको निर्वाचनलाई अरुभन्दा भिन्न राख्नुपर्छ ।

यही सरकारबाट चुनाव हुन्छ भन्नेमा तपाईंहरु कतिको ढुक्क हुनुहुन्छ ? 

मुलुकको निकास चुनावबाहेक अर्को छैन भन्ने निष्कर्ष निकालेर हामी गत वर्षदेखि ताजा जनादेशको पक्षमा थियौं । 

अहिले हामीलाई खुसी के लागेको छ भने यो सरकार र गठबन्धनको गतिविधि हेरिसकेपछि अहिलेको यो स्थिति धेरैदिन राख्नुहुँदैन अब चुनावमा जानुपर्छ भन्ने आम जनमत बन्दैछ । 

उहाँहरु छिटो चुनावमा जानुहुन्छ कि हुँदैन म भन्न सक्दिन । उहाँहरुले जुन न्यारेटिभ स्थापित गर्नुभयो त्यसले गर्दा आगामी मंसिर १० भन्दा एकदिन अघि पनि उहाँहरु चुनावमा जान त नमिल्ने हो । 

तर, मुलुकलाई अकर्मन्यतामा राखिराख्नु घाटाको कुरा हो । हामी ताजा जनादेशको पक्षमा छौं । 

राष्ट्रिय मुद्दामा एक ठाँउ नरहेको पाँच दलीय गठबन्धन धेरै समय टिक्दैन भन्ने कतिपयको दाबी पनि सुनिन्छ । त्यसो भएमा एमाले र कांग्रेसको गठबन्धन बनेर निर्वाचनमा जाने सम्भावना बाँकी छ ? 

म त्यस्तो सम्भावना देख्दिन । किनभने उहाँहरुले एउटा संकल्प नै गरेर नेकपा एमाले नेतृत्वको सरकार र केपी ओलीको विरोधमा गठबन्धन गर्नुभएको छ ।

गठबन्धनलाई चुनावपछिसम्म लैजाने कसम नै खानुभएको छ । अहिले नै हामीले त्यसबारेमा पूर्वानुमान गर्नु गलत हुन्छ । 

तर एउटा सत्य के हो भने यो गठबन्धन कुनै सत्य धरातलमा बनेको होइन । त्यहाँ चित्रबहादुर केसी हुनुहुन्छ, जो संघीयता खारेजीको पक्षमा हुनुहुन्छ ।

त्यहाँ उपेन्द्र यादव हुनुहुन्छ जसलाई ७ प्रदेशले पुगेको छैन । कम्तिमा ११ बनाउने सकिन्छ भने १४ प्रदेश बनाउनुपरेको छ ।

त्यस्तै पुष्पकमल दाहाल प्रचण्डलाई सबै समस्याको कारक तत्व संसदीय व्यवस्था हो भन्ने लागेको छ र त्यो खारेज गर्ने मुडमा हुनुहुन्छ ।

गठबन्धनमा रहेको कांग्रेस संसदीय व्यवस्थाबाहेक कुनै विकल्प सोच्नै सक्दैन । चारतिर फर्केका दललाई एक ठाउँमा ल्याएर जोड्ने सुपरग्लु के होला ? सबैलाई एकैठाउँमा ल्याएर जोड्ने फेविकोल के होला भन्दा सत्ता स्वार्थ मात्रै  हो । आधारभूत प्रश्नहरुमा कुनै मेल देख्दिनँ ।

कतिपय मुद्दाहरुमा उहाँहरु एक ठाउँमा उभिने सम्भावना देखिएको छैन । तर एउटा भयले उहाँहरुलाई एक ठाउँमा बस्न बाध्य बनाएको छ । त्यो हो, एमालेको भय । दुनियाँमा सत्ता पक्षको विरुद्ध प्रतिपक्षले गठबन्धन गरेको त देखेकै हो । तर, यहाँचाहिँ प्रतिपक्षका विरुद्ध सत्तापक्षले गठबन्धन गरेको छ । सत्तापक्षका नेताहरु प्रतिपक्षलाई ललकारिरहेका छन् । कोही भन्छन्–२०६४ मा गर्न हुने नहुने जे गरेका थियौं त्यसैगरी अहिले चुनाव जित्नुपर्छ । 

कसैले आँखा फोड्न भनेका छन् कसैले भौतिक हमला गर्न उक्साइरहेका छन् ।

सत्ताले प्रतिपक्षविरुद्ध हिंसात्मक यो ढंगको भाषा बोलिरहेको छ । त्यो एउटै कुराले जोडेको छ । धेरै समय जान्छ भन्ने चाहिँ मलाई लाग्दैन । कुनै एउटा इस्युले एउटा विन्दुमा सत्तापक्ष गठबन्धनमा खट्पट् पर्नसक्ने आधारहरु पर्याप्त छन् । 

यदी त्यस्तो बेलामा नेपाली कांग्रेसले मुलुकलाई यसरी चलाउन गाह्रो भयो चाँडो चुनावमा जाऔैैं भन्यो भने एमालेको त्यसमा सकारात्मक सोच रहन्छ ।

चुनावमा जाने कुरामा हामी अवरोध गर्दैनौं । त्यसबाहेक एमाले र कांग्रेसबीच अरु कुरामा सहमति हुने सम्भावना चाहिँ छैन ।

भोलि लोकतन्त्रमै संकट आइलाग्यो भने हामी हिजोका लोकतन्त्रका सहयात्रीहरु कुनै बेला इस्युमा सहकार्य हुन सक्ला । आज त्यो सम्भावना छैन  । 

कांग्रेस र एमाले त लोकतान्त्रिक अभ्यासमा सँगै छन् । एक अर्कालाई प्रतिष्पर्धी पनि ठान्छन् । पछिल्लो समय चाहिँ प्रधानमन्त्रीले पटक–पटक आग्रह गर्दा पनि एमाले अध्यक्ष केपी ओली उपस्थित हुनुभएन भनेर सार्वजनिक रुपमा नै भन्नुपर्ने अवस्था आयो, किन ?

प्रधानमन्त्रीले बोलाएको बैठकलाई वा प्रधानमन्त्रीसँग बस्न हामीले अस्वीकार गरेको स्थिति होइन । हाम्रो आपत्ति कहाँ हो भने माधव नेपालसहिका १४ सांसदलाई पार्टीले कारबाही गर्‍यो ।

त्यो कारबाहीको सूचना सभामुखले टाँस्नुभएन । त्यहाँ उहाँले भेदभावपूर्ण व्यवहार गर्नुभयो । एउटा राजनीतिक कार्यकर्ताको रुपमा प्रस्तुत हुनुभयो ।

उहाँ संसदको पदीय मर्यादामा रहनुभएन । त्यसकारण हाम्रो आपत्ति छ । त्यही कारबाही गरिएका सांसद्हरुको वैधतामा उभिएर एउटा समूह बनेको हुनाले त्यसका विरुद्ध हामीले कानुनी प्रतिवाद गरेका हौं । 

प्रधानमन्त्री र प्रतिपक्षीको नेताकाबीचमा विभिन्न ढंगले सन्देशहरु आदानप्रदान हुने काम भइ नै रहेका छन् ।  हामी उहाँले दुई पक्षीय वा बहुपक्षीय बैठक बोलाउँदा सहभागी हुन आपत्ति होइन । 

संविधानको जुन ढंगले तोडमोरोड गरेर एमाले विभाजनको एउटा प्रहसन देखाइयो । त्यसमा जुन–जुन पक्ष संलग्न भए । त्यसमा हाम्रो आपत्ति हो । 

उहाँहरुले प्रश्न उठाएको संवैधानिक परिषद्का नियुक्तिमा त मौन नै हुनुहुन्छ । उहाँहरु टाढिन खोजेको पनि देखिँदैन !

संवैधानिक नियुक्तिमा मौनता वा त्यसमा बोल्नुपर्ने कारण किन छैन होला भने अदालतमा विचाराधीन छ । संवैधानिक इजलासमा एउटा मुद्दा छ । प्रधानन्यायाधीशविनाको संवैधानिक इजलास बनाउन खोज्ने कुराविरुद्द अर्को मुद्दा छ । 

त्यसमा अर्को ढंगले फैसला भएको अवस्था छ । त्यो कारणले होला । नभए त उहाँहरुले अघिल्लो सरकारले गरेका हरेक निर्णय उल्ट्याइरहनु भएको छ भने ती निर्णयहरु पनि सक्दा त उल्ट्याउनुहुन्छ ।
 
त्यसमध्येको संवैधानिक परिषद्को पहिलो नियुक्तिमा उहाँ आफैँ संलग्न हुनुहुन्छ होइन ? 

संवैधानिक परिषद्को संविधानमा जुन विशिष्ठ व्यवस्था छ । त्यो चाहिँ सरकारलाई अफ्ठयारो पार्ने हतियार वा मनसायको रुपमा त्यहाँ राखिएको होइन । खालि संवैधानिक नियुक्तिहरु मर्यादित हुन, तिनीहरु सञ्चालित हुन र सरकारको छाया नबनुन्, राष्ट्रिय भावनालाई प्रतिनिधित्व गरुन् भन्नका निम्ति विपक्षी दलको नेता र प्रधानन्याधीशसम्मको उपस्थितिको परिकल्पना गरिएको हो ।

त्यही मर्मलाई पर्खँदै हामीले साढे २ वर्षसम्म संवैधानिक परिषद्को बैठक बोलाउने लगातारको प्रयत्न गर्‍यौँ । एकाध बैठक र एकाध नियुक्ति भए । आठवटा संवैधानिक आयोग छन् ।

तिनीहरुको १० वर्षमा पुनरावलोकन गर्ने भनिएको छ । निर्वाचन भएको साढे दुईवर्ष भयो महिला आयोग, दलित आयोग, मुस्लिम आयोग, थारु आयोग बन्दैन ।  संविधानले त्यो परिकल्पना गरेको हो र ? प्रमुख प्रतिपक्षी दलको नेता त नआउने, निष्पक्ष भूमिकामा बस्नुपर्ने सभामुखसमेत एउटा नेताको निर्देशनअनुसार अनुपस्थित रहनुभयो ।

त्यो परिप्रेक्षमा हाम्रा सामू दुईवटा विकल्प थिए । या त उहाँहरु नआउँदासम्म रिक्तता राख्ने । सरकार आम जनतासँग उत्तरदायी हुनका लागि त संविधानले परिकल्पना गरेका ति आयोग जसरी पनि बनाउनुपर्थ्यो । त्यस आधारमा हामीले संवैधानिक परिषद्सम्बन्धी विद्यमान व्यवस्थालाई संशोधन गर्ने अध्यादेश लिएर आयौं ।

त्यसले प्रमुख प्रतिपक्षी दललाई नआउनु भनेको त होइन । उहाँहरु आउनुभएन भने पनि बैठक चल्छ भनेको हो । त्यसरी हामीहरुले ती आयोगमा नियुक्ति गरेका हौं । उहाँहरुलाई जानकारी दिएर गरिएको हो । दुर्भाग्य उहाँहरुले त्यसलाई राजनीतिक हतियार जस्तो विषय बनाउनुभयो । 

त्यो अध्यादेशले संविधानलाई नै संशोधन गरेको जस्तो देखिन्छ नि !

प्रमुख प्रतिपक्षीको व्यवस्थालाई नै खारेज गरेको भए सही हुन्थ्यो । त्यो त बैठकको कोरमसँग जोडिएको हो । बैठकको कोरम संविधानले तोकेको छैन ।

संविधानले संवैधानिक परिषद्को संरचना तोकेको छ । जहाँ प्रधानमन्त्री, विपक्षी दलको नेता, प्रधानन्याधीश, सभामुख, राष्ट्रिय सभाको अध्यक्ष र उपसभामुख गरी छ जनाको परिकल्पना गरिएको छ ।

त्यो   संरचना परिवर्तन गरेका छैनौं । वैठक बस्ने कुरा त ऐन र कार्यविधिले तय गरेको छ ।  छ । अध्यादेश खासगरी ऐनसँग जोडिएको विषय हो । त्यसले संविधान संंशोधन गरेको छैन ।
 
माधव नेपालको दललाई कहिलेसम्म निषेध गर्नुहुन्छ ? 

दललाई हामीले निषेध गरेका छैनौं । हाम्रो भनाइ १४ जना सांसदहरु जो दलको अनुशासन उल्लंघनमा प्रष्टसँग देखिनुभयो ।

उहाँहरुलाई हामीले कारबाही गर्‍यौँ । साउन २५ को केन्द्रीय कमिटीले कारबाही गरेर भदौ एक गते संसदमा सूचना गर्‍यौँ ।

सभामुखले सूचना टाँस्नुभएन ।  उहाँले दोहोरो मापदण्ड खेल्नुभयो । सरिता गिरीको हकमा एउटा टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साहको हकमा अर्को मापदण्ड गर्नुभयो ।

एमालेको हकमा अर्को मापदण्ड गर्नुभयो । उहाँको त्यो दोहोरो मापदण्डप्रति हाम्रो विरोध हो । पार्टी फुटाउने दुरासयका साथ अध्यादेश ल्याइयो । १४ जना सांसदको एउटा समूह त बन्छ । बनाउनुस् न के आपत्ति भयो । तर दलले कारबाही गरेका व्यक्तिलाई सांसदको रुपमा राख्न मिल्दैन । उहाँहरु बाहेकको दल बनोस् । 

उहाँहरुले ल्याएको अध्यादेशले त संसद् सदस्यको २० प्रतिशत चाहिँदैन । केन्द्रीय सदस्य २० प्रतिशत भए पुग्छ । त्यही जगमा करिब २३ प्रतिशत केन्द्रीय सदस्यको दल बनेको हो । सभामुखले हाम्रो पार्टीले कारबाही गरेका सांसदको सूचना टाँस्नुहोस् न । कोर्ष अर्को दिशामा अघि बढ्छ । 

दलीय आधारमा माधव नेपालहरुसँगको सम्बन्ध संसद्को कार्यकाल छँदै हुन्छ त ?

१४ जनाको कुरो टुंगो लागिसकेपछि बाँकीको हकमा त के कुरा भयो र ? राजा फर्काउनुपर्छ भन्ने राप्रपासँग त संवाद गर्छौं भने अरु दलसँग संवाद नै नुहुनुपर्ने भन्ने कुनै कारण छैन ।

अहिलेको आपत्ति त्यो समूहप्रति होइन । पार्टीले कारबाही गरेका सांसदलाई गनेर निर्वाचन आयोगले दल दर्ताको मान्यता दिने । जबकी त्यो नाम हटाँउदा पनि उहाँले बनाएको मापदण्डअनुसार संख्या पुग्छ । त्यसैको आधारमा पुर्‍याउनुस् न । एमालेप्रति किन दुरासय राख्नुहुन्छ ?

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक ८, २०७८  ०९:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय