site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
सत्ताको प्रयोगमात्रै भयौँ, समान अधिकार पाउने दिन दिपावली मनाउछौँ 
Sarbottam CementSarbottam Cement

५ पुस २०७७ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक संसद् विघटन गरे । संविधानमा नभएको अधिकार प्रयोग गरेर ओलीले संसद् विघटन गरेको भन्दै तत्कालीन जनता समाजवादी पार्टी सडकमा उत्रियो ।

तर, ११ फागुन २०७७ मा सर्वोच्च अदालतले पुनःस्थापना गरेको संसदलाई उनै ओलीले ८ जेठ २०७८ मा दोस्रोपटक विघटन गरिदिए । तर, त्यसबेला चाहिँ तत्कालीन जसपा दुइ पक्षमा उभियो । महन्थ ठाकुर समूह ओली नेतृत्वको सरकारमा जाने र माग मुद्दा सम्बोधन गराउने पक्षमा उभियो । यता, उपेन्द्र–बाबुराम समूह भने सडकमा उत्रियो । 

यसरी संविधानको मर्ममा कार्यकारी प्रमुखले प्रहार गर्दा दोहोरो चरित्र देखाएको जसपाबाट महन्थ समूह अलग भए । समूहले लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) स्थापना गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यही लोसपाले संविधान दिवस अर्थात् आजको दिनलाई कालो दिवसको रुपमा मनाएको छ । 

मधेसी समुदायको अधिकार संविधानमा ग्यारेन्टी गर्न संविधान संशोधन, मधेसमा देखिएको नागरिकताको समस्यालगायतका माग राखेर लोसपाले यो संविधानको विरोध गर्दै आएको छ ।

Global Ime bank

प्रस्तुत छ, बाह्रखरीका रोमन आचार्यले लोसपा नेता तथा सांसद लक्ष्मणलाल कर्णसँग गरेको संविधान दिवस विशेष कुराकानीको सम्पादित अंश 
 

पहिलो पटक संसद् विघटन हुँदा त्यही संसद् र  संविधान बचाउनुपर्छ भनेर तपाईंहरु सडकमा निस्कनु भयो, दोस्रो पटकको विघटनमा तपाईंहरु तत्कालीन प्रधानमन्त्री केपी ओलीको साथमा उभिनुभयो, अनि सरकारमा जानुभयो । ओलीले तपाईंहरुको केही माग मुद्दा पनि पूरा गरिदिए । अनि आजको दिनलाई कालो दिवसको रुपमा मनाउनुको औचित्य छ र ? 

संविधान जारी हुँदै यो संविधानमा हाम्रो तीव्र असन्तुष्टि हो । तपाईंहरु तथा आम नेपाली जनतालाई थाहा छ कि हामी विगत ६ वर्षदेखि आजको दिनलाई कालो दिनका रुपमा मनाइरहेका छौं । यो पटक पनि त्यसैको निरन्तरता हो । 

तर, यो संसद् र संविधान बचाउनुपर्छ भन्नेमा हामी स्पष्ट थियौं र छौं पनि । यो संविधान गयो भने नाममा मात्र प्राप्त भएको संघीयता, गणतन्त्र, धर्म निरपेक्षतालगायतका उपलव्धि समाप्त भएर जान्छ । यसलाई हामीले बचाउनै पर्छ । 

तर, यो संविधानलाई सीमित समुदाय र व्यक्तिको विशेष बनाउन खोजिएको छ । सबैको संविधान बनाउनका लािग हामीले यसको संसोधनको कुरा निरन्तर उठाएका हौं । हामीले सडक होस् वा संसद्मा आवाज उठाइरहेका छौँ र उठाइरहन्छौँ । 

संविधान पनि चाहिन्छ भन्नुहुन्छ संविधान दिवसलाई कालो दिवसको रुपमा पनि मनाउनुहुन्छ यो कस्तो विरोधाभाष हो ? 

विल्कुल विरोधाभाष होइन । संविधानको सम्पूर्ण उपलब्धि तथा विषयवस्तुलाई हामीले इन्कार गरेको होइन । गणतन्त्र, संघीयतालाई हामीले स्वीकार र महत्वपूर्ण उपलब्धि मानेका छौं । तर, जुन रुपमा संघीयतामा काम हुनुपर्ने हो, तहगत सरकारले अधिकार पाउनुपर्ने हो त्यो चाहिँ भएको छैन । 

अर्थात् २०७० को संविधान सभा र मधेस आन्दोलनपछिको अन्तरिम संविधानको मर्म, चाहना र कल्पनाअनुसार संघीयता भएन ।

सोही अनुरुप संविधान संशोधन गरेर उपलब्धिको रक्षा गर्नुपर्छ भनेर हामीले परिक्षण गर्न भनेका हौँ ।  कस्तो नबुझेको होला, हाम्रो संघर्ष र विरोध यो संविधानलाई सर्वमान्य बनाउनका लागि हो । 

सबैको आम नेपालीको संविधान बनाउनका लागि हाम्रो विरोध हो । अधिकार प्राप्तिका लागि विरोध हो । 

तपाईंहरु यही संविधानको जगमा बनेको सरकारमा पनि सहभागी हुनुभयो । सरकारमा बस्दा चाहिँ मुद्दा किन गौण हुन्छ ? 

सत्ता संकटमा वा राज्य संकटमा नपरि सत्ता राजनीतिले हामीलाई कहाँ सम्झेको छ र ? यो त सबैको सामुन्नेमा प्रष्ट छ नि । जुन बेला पनि त्यही भएको छ । कुरा पनि गर्छ । जुन सरकार संकटमा पर्छ कुदेर हाम्रो कुरा सुन्न आइपुग्छ । अप्ठ्यारो सकिन्छ संकटमोचन हुन्छ अनि हामीलाई बेवास्ता गर्छ । 

सबै दल बेइमान भए । मधेसको मागका सम्बन्धमा सबै दल बेमाइन छन् । सरकार नै बेइमान भएपछि के गर्ने ? भनेको कुरा पनि गर्दैन । प्रतिवद्धता चाहिँ मज्जाले गर्छ, कामको विषयमा सिन्को भाच्दैन । हामीलाई ठग्ने बाहेक अरु केही भएन । 

भनेपछि तपाईंहरु सत्ताका लागि संकटमोचक मात्र हुनुभयो होइन ? 

तर, जब सरकार संकटमा पर्छ अनि हामीलाई सम्झन्छ । संकटमा परेको सरकारले केही हाम्रा माग पनि सम्बोधन गरेको छ ।

केपी ओलीको सरकार अप्ठ्यारोमा पर्‍यो हामीलाई साथ लिँदा माग मुद्दा त केही सम्बोधन भयो नि । हामी हारेका छैनौं । लड्न छोडेका छैनौं । माग राखिरहेका छौं लडिरहेका छौं । 

सत्ता साझेदार बन्दा, सरकारलाई समर्थन दिएर मात्र बस्दा वा प्रतिपक्षी दल बनेर संसद् र सडकमा आवाज उठाउँदा तपाईंहरुको माग सम्बोधन किन भएन त ?

यो सत्तारुढ दलको बेइमानी हो । जो जो सत्ताको नेतृत्व गर्न पुगे, चाहे ओली होउन् या देउवा हामीले उठाएका मागहरु सरकारले सबै मान्छ । तर, काम चाहिँ गर्दैन भन्नुहोस् न । मान्न चाहिँ सबै मान्छ, ६४ वटा सम्झौता गरिसकियो । गरेको सम्झौता नै पालना गर्दैन । यो त राज्यको सीधा बेइमानी हो नि । राज्य इमान्दार हुनुपर्छ । देशमा सुशासन हुनुपर्छ । सबै जनताको अधिकार, इच्छा आकाक्षांलाई पूरा गर्नुपर्छ । 

राज्यको बेइमानी हो भने त्यसको नतिजा राज्यले भोग्छ त ? 

भोगिराखेको छ नि । दुइ तिहाइ नजिकको केपी ओलीको सरकार पनि गयो । अहिले देउवाको बनिनसकेको सरकारको भविष्य पनि देखिँदैन । जनताले सबै हेरेका छन् नि । सबैको तुलना जनताले गरेको छ । 

ओली सरकारले माग पूरा गर्छ भनेर पार्टी विभाजनसम्म पुग्नुभयो, तपाईंहरुको के के माग सम्बोधन भयो ? 

१ सय ३९ जना नेता तथा कार्यकर्तामाथि लागेको मुद्दा २३ वटा जति बाँकी छ । रेशम चौधरीलगायतको मुद्दा सर्वोच्चमा छ । बाँकी सबै मुद्दा फिर्ता भयो । नागरिकताको समस्याका लागि अध्यादेश पनि ओलीले ल्याए । अध्यादेश सर्वोच्चले रोकिदियो । संविधान संशोधनको लागि समिति पनि बनेको थियो । अरु त उपलब्धि यस्तै हो ।  

तपाईंहरुले कालो दिन छोडेर असोज ३ मा दिपावली मनाउने दिन चाहिँ कहिले आउँछ ? 

जब हाम्रो माग पूरा हुन्छ । यो संविधानमा बहिस्कृत, शोषित, मधेशी, जनजाती, दलित, थारु, मुस्लिम महिला सबैको अधिकार सुनिश्चित हुन्छ । सबैलाइ समान अधिकार दिने संविधान बन्छ । अनि हामी पनि दिपावली मनाउँछौं । 

एउटै माग मुद्दा बोेकेर हिँडेका तपाईंहरुको दल चाहिँ टुट्ने फुट्ने किन हुन्छ ? तपाईंहरुमा सत्ता स्वार्थ हावी भएको हो ? 

जनता र तपाईंहरुको नजरमा त्यो होला । हामी जसपा बनेका दुई पार्टीहरु मिल्दा नै मतभेद थियो । हामीले लोकतान्त्रिक समाजवाद खोजेका थियौँ, उपेन्द्रजीहरुले माक्र्सवादको समाजवाद खोज्नुभएको थियो । हामी संसदीय व्यवस्था खोजेका थियौं, बाबुराम भट्टराईहरु राष्ट्रपतीय शासन खोज्नुभएको थियो । 

हामी मिल्दानै विमति थिए । केही समय सहमति गरेर महाधिवेशनमा यो वैचारिक द्वन्द्व समाप्त गर्ने भनेर हामीले असहमतिका साथ मिलेका हौं । तर, उहाँहरुलाई हामीले जोखिमबाट बचायौँ उहाँहरुले पार्टी कब्जा गरेर हामीलाई सिध्याउन लाग्नुभयो । त्यसपछि हामीले अर्को बाटो देखेनौं । 

समान मुद्दा बोकेको लोसपा र जसपा फेरि सहकार्य होला कि नहोला ?

मनको इच्छा पूरा भइदिए त सजिलो भइहाल्थ्यो नि ! हामी पनि अरुजस्तै आज दिपावली मनाएर बस्थ्यौं । तर, संविधानले हामीलाई अधिकार सम्पन्न बनाएन । अपनत्व गराउने ठाउँ दिएन । हामी सबैको संविधान बनाउन संघर्षमा छौं । 

हो, हामी अलग पार्टी भयौं विचार र सिद्धान्त मिलेन । तत्काल एक भएर सँगै संघर्ष गर्ने अवस्था र सम्भावना छैन । म सम्भावना देख्दिन । कालान्तरमा के होला त्यो ज्योतिषले मात्र भन्न सक्ला । तर सम्भावना छ जस्तो लाग्दैन । ढोकाहरुलाई भने इन्कार गर्न सकिँदैन । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ३, २०७८  १५:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय