site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
सबै व्रत स्वस्थकर हुँदैनन्
Sarbottam CementSarbottam Cement

तिजसँगै जोडिएर आउँछ व्रत । अधिकांश महिला तिजमा निराहार व्रत बस्छन् । कतिपय फलाहारको भरमा बस्ने गरेका छन् । व्रतलाई मुख्यतः धार्मिक विश्वास र आस्थासँग जोडेर हेर्ने गरिएको छ । तर, स्वास्थ्यका दृष्टिकोणले कस्तो व्रत कति उचित त ? प्रस्तुत छ, आयुष अस्पतालका मेडिकल अफिसर एवं योग तथा प्राकृतिक चिकित्सकडा. मनोज ढकालसँगबाह्रखरीकर्मीअस्मिता रिजालले गरेकोे कुराकानी :

प्राकृतिक चिकित्सामा उपवासलाई कसरी उपचार विधिका रूपमा लिइन्छ ? 
प्राकृतिक चिकित्साले सबै रोगको कारण विजातीय दर्व्य (विषादी) सञ्चय हुनु हो र यसको एक मात्र उपचार उपवास अर्थात् व्रत हो भनेर व्याख्या गरेको छ । र, उपवासलाई एक उपचार विधिको रूपमा अभ्यास गर्दै आएको छ । कतिपय जटिल रोगहरूको उपचारमा पनि उपवास विधि प्रयोग गर्ने गरिएको छ । रोग र रोगीको प्रकार हेरेर रोगीलाई उपयुक्त उपवास विधि गराइन्छ । प्राकृतिक चिकित्साले उपवासलाई मुख्यतः तीन प्रकारमा विभाजन गरेको छ । 
१. व्यक्ति वा रोगीको प्रकृति हेरेर 
२. समयको आधारमा – सर्ट, इन्टरमिटेन्ट, लङ
३. ड्राई, जुस, फल आहार वा मनो डाइट

सही तरिकाको उपवासले पुराना, जटिल रोगहरू पनि निको हुने गर्छ । त्यसैले पनि प्राकृतिक चिकित्सामा उपवासलाई महत्त्वपूर्ण उपचार विधिको रूपमा अपनाउने गरिएको छ ।
 
सामान्यतः व्रत बस्दा के कस्ता खानेकुरा फलाहारको रूपमा खाने ? 
सामान्तया व्रत बस्दा व्यक्तिको प्रकृति हेरेर खानेकुराहरू खानुपर्ने हुन्छ । अधिकांश व्रतालुलाई जुस र फलफूल खाँदा फाइदा हुन्छ । व्रतमा सबैभन्दा धेरै कागती, मह, पानी प्रयोग गरिन्छ, जो स्वास्थ्यका हिसाबले एकदम राम्रो र सुरक्षित पनि हुन्छ । फलाहारमा मुख्यत केरा, मेवाजस्ता फलफूल मिसावट गरेर सलाद बनाएर खाँदा उत्तम हुन्छ ।

स्वस्थ व्यक्तिले कति समयको फरकमा कस्तो व्रत बस्नु उचित हुन्छ ? कति दिनको फरकमा के खाएर व्रत बस्ने ?
व्रतको धेरै फाइदा हुने भएकाले हरेक व्यक्तिले पटक–पटक आफूलाई मिल्दो समयमा जुस वा फलाहारसहितको व्रत बस्नु उचित हुन्छ । हाम्रो मानव स्वास्थ्य पाचन प्रक्रियामा निर्भर गर्ने गर्छ । हाम्रो पाचन प्रक्रिया जति बलियो र स्वस्थ्य रहन्छ, त्यति नै हामी स्वास्थ्य रहन्छौँ । जथाभावी खानेकुराले हाम्रो पूरै पाचन प्रणालीमा गडबड हुन्छ र हामी रोगी हुन्छौँ । त्यसैले हामीले खाने खानेकुरा पनि शुद्ध र स्वच्छ हुन जरुरी छ ।

Prabhu Bank
Agni Group
NIC Asia

तर, अहिले धेरै मिठो र छिटोको लागि बजारमा पहिने फास्टफुड, जंक फुडहरूको प्रयोग बढेको छ, जुन शरीरलाई  हानिकारक मात्रै नभई विभिन्न रोगको कारक बन्न पुग्छ ।

त्यसैले हामीले पेटलाई सफा र पाचन प्रणालीलाई बलियो बनाउन पनि कम्तीमा हप्ताको एकपटक उपवास वा व्रत बस्न जरुरी छ । हप्तामा एकपटक व्रत बस्दा सकेसम्म जुस वा कागती, महको जुस खाएर बस्दा उत्तम हुन्छ । नसक्नेले फलफूल खाएर बस्दा स्वस्थकर मानिन्छ ।

Global Ime bank

चाडपर्वका समयमा निराहार तथा निर्जल व्रत बस्नु कति उचित ?
चाडपर्वका नाममा नेपाली समाजमा विभिन्न किसिमका व्रत बस्ने गरिन्छ । तर, सबै किसिमका व्रत स्वास्थ्यका लागि फाइदाजनक हुँदैनन् । तिजकै कुरा गर्दा पनि तिजमा अधिकांश नेपाली नारीले निर्जल व्रत बस्ने गर्नुहुन्छ । जुन शरीरका लागि निकै हानिकारक हुनसक्छ । स्वास्थ्य विज्ञानले कुनै पनि व्यक्तिलाई निर्जल व्रत बस्न सल्लाह दिँदैन । कुनै पनि व्रत वा उपवास गर्दा पानी धेरै खानुपर्ने हुन्छ । यसरी व्रतका नाममा निर्जल रहनाले शरीरमा पानीको कमी हुन जान्छ, फलस्वरूप कतिपय व्रतालुहरू बेहोस हुने गरेको पनि देखिन्छ ।

पानी नपिई बसिने व्रतले मिर्गौलामा समस्या निम्त्याउन सक्छ । सक्नेले निराहार व्रत बस्दा राम्रो बस्दा हुन्छ, तर पानीचाहिँ जुनसुकै व्रतमा पिउनु जरुरी छ । कमजोरी, रोगी व्यक्तिहरूले फलाहार वा जुस खाएर बस्दा राम्रो हुन्छ । कमजोरी, मधुमेह भएका, गर्भवती र अन्य रोगी व्यक्तिहरूले यस्तो उपवास नबस्दा राम्रो हुन्छ । बस्नैपरे चिकित्सकको सल्लाह लिएर बस्दा राम्रो हुन्छ ।

तिजको समयमा अघिल्लो दिन धेरै प्रकारका र पोषणयुक्त खानेकुरा खाइन्छ र भोलिपल्ट व्रत बसिन्छ  । खानेकुरामा असन्तुलन हुँदा स्वास्थ्यलार्ई कस्तो असर पर्छ ?
हामी व्रतभन्दा स्वास्थ्यको लागि गरिने चिकित्सा फास्टिङ थेरापी वा उपवास चिकित्सा भन्छौँ । यसको आफ्नै नियम हुन्छ । उपवास गर्नुअघि वा गरिसकेपछि के खाने भन्ने विषयले पनि ठूलो भूमिका खेल्छ । उपवास र व्रत बस्नु मात्र लाभदायक हुँदैन, सही तरिकाले बस्नुले अर्थ राख्छ । भारी भोजनपछि लगत्तै उपवास गर्नु त्यति लाभदायक मानिँदैन । यसरी बसिने व्रतले ग्यास्ट्रिक रोगको सिकार बनाउन सक्छ भने पाचन प्रणालीमा असुन्तलन  ल्याउँछ । त्यसैले उपवास गराउँदा हामीले हल्का भोजन गर्न लगाएर बल्ल उपवासमा राख्छौँ । त्यसैले राति १२ बजे भारी भोजन गरेर भोलिपल्ट व्रत बस्नु राम्रो हुँदैन । बिहान विभिन्न पोषणयुक्त खाना खाएर बेलुका हल्का भोजन गरेर भोलिपल्ट व्रत बस्नु उत्तम हुन्छ ।

दिनभरि निराहार बसेर साँझ के खाने ? भोलिपल्ट मात्रै खाना खानु कति उचित ?
दिनभर निराहार बसेर साँझ सकभर लिटो, खिचडी, खिर, फलफूलजस्ता खानेकुरा मात्र खान उपयोगी हुन्छ । यदि, व्रत बसेको दिन नै भात, रोटी वा अन्य कुनै भारी भोजन गर्‍यो भने यसले पेटमा घाउसमेत बनाउन सक्छ । कारण, हाम्रो पाचन प्रणाली पूर्ण रूपमा त्यस्तो खाना पचाउन सक्षम भएको हुँदैन । त्यसैले भोलिपल्ट मात्र हामीले दिनहुँ खाने खानामा फर्किंदा राम्रो हुन्छ । साँझ नरम र सजिलै पच्ने खाना खानुपर्छ ।

नियमित व्रत बस्ने महिलाको हकमा महिला स्वास्थ्य (जस्तै, महिनावारी, प्रजनन आदि) प्रक्रियासँग सम्बन्ध हुन्छ कि हुँदैन ?
व्रतसँग महिला स्वास्थ्य (महिनवारी, प्रजनन आदि) प्रक्रियासँग सिधै सम्बन्ध हुन्छ । सही तरिकाले व्रत बस्ने महिलाको महिनवारी नियमति हुने, दुखाइ कम हुने, मुड स्विङहरू कम हुने हुन्छ । यसले महिलाको प्रजनन शक्तिमा ऊर्जा आउँछ र पूर्ण रूपमा महिला स्वास्थ्यलाई बढुवा गर्छ । व्रतले रोगप्रतिरोधी क्षमता बलियो बनाउँछ भने प्रजनन शक्ति पनि लामो समयसम्म कायम नै रहन्छ ।

स्वास्थ्यका दृष्टिकोणले व्रत पुरुषका लागि कति उचित ?
व्रत चाहे पुरुष होस् वा महिला दुवैका लागि त्यति नै महत्त्वपूर्ण छ ।  तिजमा वा कुनै पर्वमा महिलाले पुरुषको दीर्घायुका लागि व्रत बस्ने गरे पनि व्रतले पुरुषको आयु त बढ्छ÷बढ्दैन थाहा छैन, तर महिलाको आयु भने अवस्य बढ्छ । त्यसैले सही तरिकाले उपवास गर्नाले महिला वा पुरुष दुवैलाई कुनै पनि हानि गर्दैन ।

उपवासले तौल नियन्त्रण, कोलस्ट्रोल नियन्त्रण, मधुमेह तथा रक्तचाप नियन्त्रण, रोग प्रतिरोधात्मक क्षमता सुधार, क्यान्सर रोग, मुटु रोग, बाथ रोग, स्नायु रोग र अन्य जटिल रोगलाई निको गर्न मद्दत गर्नुका साथै बुढोपनलाई रोक्ने, छालालाई चम्किलो, मुलायम र आकर्षक बनाउनेलगायतमा पनि मद्दत पुर्‍याउँछ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २३, २०७८  १०:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय