site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
भड्किला तिज गीत सुनेर भोलिको पुस्ताले तिज यस्तै हो भनेर नबुझोस् 
Sarbottam CementSarbottam Cement

लोकदोहोरी गायिका  देवी घर्तीमगरले गीत गाउन थालेको डेढ दशक नाघ्यो । गीत गाउनु नै उनको दैनिकी हो । गीत रेकर्ड नगरेको दिन उनका लागि कमै होलान् । तर, कोरोना संक्रमणको त्रासका कारण गीत गाउने क्रम केही राकियो भने निषेधाज्ञा खुकुलो हुँदा पनि पहिलाको जस्ता बाक्लै गीत गाउने अवसर जुरेन । डेढ दशकमा उनले करिब ६ हजार गीत गाउँदा कला–संस्कृतिलाई चुनौती दिने गीत नगाएको दाबी गर्छिन् । 

आफूलाई चित्त नबुझे नराम्रा गीत नगाउन पनि कलाकार स्वतन्त्र रहेको उनी बताउँछिन् । कोरोनाकै कहरबीच उनले योपटक पनि तिज गीत गाइन् । १० वटा तिज गीत गाएकी उनी केही भड्किला गीतले सबै सर्जक स्रष्टालाई आरोप लाग्ने गरेको बताउँछिन् । उनै गायिका घर्तीसँग तिजको अवसरमा बाह्रखरीका नरेश फुयाँलले गरेको कुराकानी :

कोरोनाको त्रासबीच यो वर्ष पनि तिज गीत गाउनुभयो । कस्तो छ प्रतिक्रिया ?
हाम्रो प्रोफेसन नै गीत गाउने हो, त्यसैले गाउनै पर्‍यो । यो वर्ष पनि १० वटा तिज गीत गाएँ । प्रतिक्रिया राम्रो आइरहेको छ । ">‘एनी बरै’को कुरा गर्दा यसलाई दर्शकले रुचाइदिनुभएको छ । सर्जक तथा स्रष्टालाई कामअनुसारको प्रतिक्रिया आउँदा त्यो नै सफलता हो ।

Prabhu Bank
Agni Group
NIC Asia

तिजका गीत भड्किला भएभन्दा अग्रज कलाकार नै अरूका गीत गाउनैपर्ने बाध्यता छ भन्नुहुन्छ । यस्ता गीत आउनुमा गलत को हो ?
अरूका गीत गाउनैपर्छ भन्ने बाध्यता छैन । नराम्रो भयो भने नगाउन पनि हामी सबै स्वतन्त्र छौँ । गायन हाम्रो पेसा भएकाले पनि केहीले सम्झौता गर्नुभएको हो कि जस्तो पनि लाग्छ । तर, व्यक्तिगत रूपमा भन्नुपर्दा मैले त्यस्ता नराम्रा गीत गाएको छैन । छानेर नै गाउँछु । तपाईंले पनि खोजी गर्नुभयो भने मैले कस्ता गीत गाइरहेको छु, थाहा पाउन सक्नुहुन्छ ।

तर, तपाईंले भनेको कुरामा सत्यता छ । हामी धेरै कलाकार आफ्नासँगै अरूका गीत पनि गाइरहेका हुन्छौँ, त्यसैले यसमा ख्याल गर्नुपर्छ ।

Global Ime bank

केही गीत भड्किला पनि छन् । तर, सबैले नराम्रा वा भड्किला गीत गाएका छैनन् । केहीले गाएका कारण यो आरोप सबैले खेप्दै आउनुपरेको छ । म तपाईंसँग सहमत छु, तिजका गीत भनेर गाउने हो भने यसको मर्म र भावनाविपरीत हुनु भएन । परम्परा र संस्कृतिभित्र बसेर गाउनुपर्छ । मेरो अनुरोध पनि यही नै हो ।

तिज हिन्दु नेपालीको संस्कार, संस्कृति, सभ्यता र पहिचान हो । मौलिकलाई चुनौती दिँदै व्यावसायिक बनाउनु राम्रो हो ?
अरू चाडपर्वजस्तै यो पनि हाम्रा लागि गीत गाउने अवसर हो । गायन पेसा भइसकेपछि हामीले तिजमा गीत नगाउने भन्ने हुँदैन । आफ्नो कर्मको सम्मान पनि गर्नुपर्छ । मैले नै सयौँ तिज गीत गाइसकेको छु । 

तर, कस्ता गाउने भनेर कलाकार स्वयंले सोच्ने कुरा हो । यो कसैले भनेर वा निर्देशन दिएर रोकिने कुरा होइन । हामीसँग तिम्रो यो गीत भएन भनेर भन्ने वा सीमा पार गर्‍यो अथवा संस्कृतिमाथि नै प्रहार भयो, त्यसैले गाउन मिल्दैन भनेर भन्ने कुनै निकाय छैन । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान छ, उसले यसबारे बेलाबेलामा सचेत गराउँदै आएको त छ, तर उसलाई पनि तिमीले यही गर भनेर निर्देशन दिने अधिकार छैन । प्रतिष्ठानले त बाटो देखाउने मात्रै हो । देखाएको बाटोमा सबै हिँड्छन् भन्ने छैन । त्यसैले व्यक्ति स्वयं सचेत हुनुपर्छ ।

संस्कृति रक्षाका लागि सरकारको जिम्मेवारी हुँदैन ? 
यो त उहाँहरूकै कुरा भयो । कसले कसरी काम गर्ने र के गर्ने भन्ने कुरा हो । राज्यको कानुन पनि होला, त्यसको पालना गराउने अधिकार राज्यसँग पनि होला । तर, अगाडि मैले भनेजस्तो सबैभन्दा पहिला त म अर्थात् व्यक्ति स्वयं सजग हुनुपर्छ । संस्कृति रक्षाको दायित्त्व सरकारको मात्रै पनि त होइन । यो त व्यक्तिको दायित्त्व पनि हो ।

तपाईं त अग्रज गायिका, नयाँ आउनेहरूलाई परम्परालाई नै चुनौती दिने गीत गाउनु हुँदैन भन्नु हुन्न ?
मैले चिनेजानेकाहरूलाई भनिरहेको हुन्छु । तर, यसरी भन्ने वातावरण नै नआओस् भन्ने हो । आफ्नो मनैबाट आएको कुरा र कसैले भनेको कुरामा फरक पर्छ । व्यक्ति आफैँ जागरुक भएको समाज फरक हुन्छ । हाम्रो दोहोरी गीत प्रतिष्ठानले पनि यो कुरा भनिरहेको छ ।

आजका केही त्यस्ता गीत जसको चौतर्फी आलोचना भइरहेको छ, तिनै गीत धेरै हेरिँदै÷सुनिँदै आएको छ । यही अवस्था रहने हो भने भोलिको तिजको पहिचान कस्तो होला ? 
अहिलेको मुख्य चिन्ता नै यही हो । संस्कार र संस्कृति नै नरहने हो कि भन्ने हो । हिजो हाम्रा आमाहरूले जस्तो तिज गीत गाउनुभयो, त्यही हामीले सिकेर हामीले गायौँ । आज तपाईंले भनेजस्तै गीतको बाहुल्य भयो भने भोलि हाम्रा सन्ततिले त्यही सिक्ने त हुन् । यो डर, यो सम्भावित अवस्थालाई हामीले नजरअन्दाज गर्नु हुँदैन ।

तिजका गीतमा चेली र माइतीका कुरा हुन छाडेको महसुस कत्तिको गर्नुभएको छ ?
केही हदसम्म तपाईंले भनेको सत्य हो । समय परिवर्तन हुँदै गयो । पहिलेको जस्ता समस्या गाउँघरमा अहिले छैनन् भनेर पनि होला, माया–प्रेमका कुरा बढी तिज गीतमा समेटिएको । कुन राम्रा छन्, कुन गीत नराम्रा हुन्, समाज र संस्कृति कुन गीतले बोलेको छ र कुनले त्यसलाई लत्याएको छ, त्यो स्रोता–दर्शकले छुट्ट्याएर सुनिदिनुभयो र सञ्चारमाध्यम पनि यसबारे सचेत भएको अवस्थामा नियन्त्रण हुन्छ ।

तर, सबै गीत उस्तै छन् भनेरचाहिँ म भन्दिनँ । किनभने, मेरै गीतमा पनि यहाँले भनेजस्तो चेली र माइतीका कुरा छन् ।

पछिल्लो समय हल्का गीत गाउन थालेका हौँ हामी ? 
तपार्ईंले भनेको कुरामा सत्यता छ । केहीले साह्रै हल्का गीत गाउनुभएको छ, यो होइन भनेर ढाकेर ढाकिँदैन । तर, सबैले यस्ता गीत गाएका छैनन् । त्यसैले एउटै डालोमा राखेर मूल्यांकन गरिनु हुँदैन ।

एउटाले गाएको गीतले चर्चा पायो भने सबैले त्यस्तै गीत गाउने ट्रेन्ड नै चलेको छ । चर्चा र भ्युजका लागि मात्रै गीत गाउँदा यस्तो भइरहेको छ । राम्रो सिर्जना मात्रै दिगो हुन्छ र अन्ततः त्यसले एक दिन सही मूल्यांकन पाउँछ भन्ने सोचले काम गरियो भने यो अवस्था आउने थिएन ।

तिज गीत सुन्नेभन्दा पनि हेर्ने भइसके । गीतबाट भिडियो निकालेर सुन्ने हो भने कस्तो सुनिएला ? 
अहिले अधिकांशले भिडियो बनाउनुहुन्छ । मैले गाएका गीतका पनि भिडियो हुन्छन् । सायद, युट्युबमा गीत आउने भएपछि भिडियो पनि अनिवार्यजस्तै भयो । त्यसैले भिडियोले गीतलाई सहयोग नै गरेको होला । 

पछिल्लो समय गीत हेरेर भिडियो बनाउनेभन्दा पनि भिडियोको परिकल्पना गरेर गीत लेख्ने चलन बढेर गएको छ । तपाईंको ‘एनी बरै’ पनि त्यस्तै लाग्छ नि !
हो, सुरुमै भिडियोको परिकल्पना गरेर गीत लेख्ने गरेको मैले पनि पाएको छु । तर, त्यस्तै भए पनि शब्द कमजोर छैन भने त केही फरक नपर्ला । यद्यपि, तपाईंले संकेत गरेजस्तै भिडियो गीतको सपोर्टमा हुनुपर्छ । भिडियोको सपोर्टमा गीत भयो भने त्यो गीत सायद राम्रो हुँदैन ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २२, २०७८  १४:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement