site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
संघीयताले खराबी गरेको छैन, संकटमा स्थानीय तहले धेरै काम गरेका छन् 
Sarbottam CementSarbottam Cement

इलामको सूर्योदय नगरपालिका स्थायनी तहमध्ये एक उत्कृष्ट नगरपालिका हो । यसको नेतृत्व गरेका छन् आरबी राईले ।
आफूले नेतृत्व गरेको नगरपालिकामा १२७ वर्षमा हुने काम आफूले २८ वर्षमा गर्ने कार्ययोजना बनाएको र त्यसैमा तल्लिन रहेको राईको दाबी छ ।
प्रस्तुत छ, सूर्योदय नगरपालिकाका मेयर आरबी राईसँग बाह्रखरीले गरेको कुराकानीः 

सूर्योदय नगरपालिकामा नेतृत्व गरेको पाँचवर्ष पूरा हुन लाग्यो, आफ्नो कार्यकालको समीक्षा कसरी गर्नुहुन्छ ?

सूर्योदय नगरपालिका एक पर्यटकीय नगर हो । दार्जिलिङसँग जोडिएको सीमाको नगरपालिका हो । यस नगरपालिका मेची नदीको उद्गमस्थल पनि हो । यसले एउटा इतिहास बोकेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

पहाडी जिल्लाहरुमध्ये सबैभन्दा बढी जनशक्ति भएका नगरपालिकामध्ये यो पर्छ ।

पाँच अ ले चिनिने नगरपालिका हो । त्यतिमात्रै नभएर ब्ल्याक अर्थोडक्सका नामले पनि चिनिन्छ । 

Global Ime bank

प्रदेश नम्बर १ ले पर्यटकीय नगर घोषणा गरेको पहिलो नगरपालिका हो । त्यसैगरी संघीय सरकार, भौगोलिक नगर स्थापना गर्नुपर्छ भनेर प्रदेशद्वारा तोकिएको नगरपालिका हो । 

पहिले हामीसँग थुप्रै चुनौती थिए । अहिले हामी सन्तुष्ट छौँ किन भने अहिले हामीलाई चाहिने कानुनहरु निर्माण गरिसकेका छौँ ।

अबको २५ वर्षमा हामीले हाम्रो नगरपालिकालाई नेपालकै नमुना नगरपालिका बनाउने अभियानमा लागिपरेका छौँ । वार्षिक अध्यावधिक योजना, संघीय र प्रदेश सरकारसँग समन्वय गरेर अगाडि बढ्ने काम भइरहेको छ । एक संस्कृति नगरका रुपमा स्थापित गर्न अगाडि बढिरहेका छौँ । 

लक्ष्यमा पुग्ने कार्ययोजना तयार भइसकेकाले अब नेपालकै नमुना नगरपालिका बनाइने तर्फ हामी विश्वस्त छौँ । 

यहाँले पर्यटकीय नगरीका रुपमा परिचित गराउनुभयो । यहाँले पर्यटकीय क्षेत्रमा के के काम गर्नुभएको छ । अनि काठमाडौं या पोखरा आएका पर्यटक सूर्योदय लैजाने काम कसरी गर्दै हुनुहुन्छ ?

सूर्योदय नगरपालिकाको आफ्नै इतिहास छ । जहाँ पहिलो सूर्य उदाएका दृश्यहरु अवलोकन गर्न सकिन्छ । त्यसैगरी कन्याम छ । जहाँ चियाको बगानको अवलोकन गर्न सकिन्छ । हामीसँग थुम्के भन्ने ठाउँ छ, जहाँबाट लोप हुँदै गइरहेको रेड पाण्डाको अवलोकन गर्न सकिन्छ । पशुपन्छी पालन, कृषि क्षेत्रका लागि अति उत्तम ठाउँ भएकाले त्यसलाई पनि पर्यटनसँग जोडेर लैजान सकिन्छ । 

यसका लागि हामीले विभिन्न पूर्वाधारहरु तयार पारेका छौँ । योजनाहरु अगाडि बढाएर काम भइरहेका छन् । कन्याम क्षेत्रलाई पर्यटनसँग जोडेर अगाडि बढ्नुपर्छ भनेर हामी लागि परेका छौँ । पहाडी शृङ्खलाको मिलेको बनोट जहाँ भव्य रमणीय ठाउँ बन्छ । प्राकृतिक सौन्दर्यतालाई कायमै राखेर लैजानु भनेको हाम्रो ठुलो सम्पत्ति हो । त्यसलाई बचाउन र बचाइराख्न पर्यटनलाई आकर्षित बनाउने कूटनीति अवलम्बन गरिसकेका छौँ । 

यसअगाडि पनि सूर्योदय नगरपालिका उत्कृष्ट नगरपालिकामध्ये परेको थियो । तपाईंले आफूलाई कति सफल भएजस्तो लाग्छ ? 

यसको मूल्यांकन जनताले गर्ने हो । आम नगरबासी र विभिन्न निकायले गर्ने हो । हामीले शिक्षा, स्वाथ्य, नयाँ नगरपालिकाको वडा कार्यालयहरुमा आफ्नै भवनहरु निर्माण गरिसकेका छौँ । यतिमात्रै होइन प्रविधिसँग जोडेर विकास गरेका छौँ । सबै वर्ग समुदायको पहुँच पुग्नेगरी विकास गरेका छौँ । पहिले वडा कार्यालयका १४ शाखाहरु थिएनन् । 

अहिले चौधवटै शाखाहरु स्थापना गरिसकेका छौँ । स्वास्थ्य, कृषिलाई मर्यादित रुपमा अगाडि बढाउन विभिन्न क्रियाकलापहरु भइरहेका छन् । किसानलाई अपहेलित गर्ने प्रथालाई अन्त्य गरी किसानलाई उच्च सम्मान गर्न प्रोत्साहन गरिरहेका छौँ । मर्यादित पेशाका रुपमा स्थापित गर्नगरी नीति बनाएका छौँ । नीति निर्माण र कार्यक्रम गर्ने कुरामा मस्यौदा प्रक्रियामा अगाडि बढिसकेका छौँ । कसरी व्यवसायीकीकरण गर्न सकिन्छ भनि एउटा नीति हामीले बनायौँ । 

४० जना महिलालाई प्रत्येक वर्ष डिप्लोमा पूर्ण छात्रवृत्ति दिने व्यवस्था मिलाएका छौँ । यातायातको क्षेत्रमा आफ्नो गाउँ आफै बनाऔँ भन्ने अभियान अन्तर्गत यहाँका सबै सडकहरु पिच गर्न १ सय ३७ वर्ष लाग्दो रहेछ । यति वर्ष भनेको त झन्डै नाती पनातीको पालामा हुन्छ । यसका लागि कार्ययोजना तयार बनाएका छौँ । २८ वर्षमा यो काम हामीले पूरा गर्दैछौँ ।

तीन वर्ष बित्यो, अब त्यो सडक बनाउन २५ वर्ष लाग्नेछ । एक वर्षमा कति किलोमिटर सडक बनाउन लाग्दो रहेछ भनि कार्यविधि तयार भएको छ । यसको काम निरन्तर चलिरहेकै छ । 

खानेपानीको क्षेत्रमा खानेपानी मुहान संरक्षण अति आवश्यक यसको व्यवस्थापन र संरक्षण कसरी गर्ने भन्ने खानेपानी संरक्षण अभियानमा लागि परेका छौँ । हरेक वर्ष कम्तीमा पनि ५० हजार विरुवा रोपिरहेका छौँ । यसवर्ष भने हामीले करिब १ लाख विरुवा रोपेका छौँ ।

शिक्षाको क्षेत्रमा अनलाइन प्रणालीद्वारा दैनिक हाजिर हेर्ने प्रक्रिया नगरपालिकाबाटै हामीले गर्‍यौँ ।

खेताला शिक्षकको अन्त्य गर्‍यौँ । एउटा शिक्षकले बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म पढाउनै पर्छ ।  जहाँ निम्न वर्गका बालबालिकाहरुले शिक्षा लिन्छन् । 

तिनीहरुको शिक्षाको पहुँचमा गुणस्तरीय हुनपर्छ भनेर व्यापक सुधार ल्याएका छौँ । अहिले ९० जना पढ्ने विद्यालयमा ३००, ४०० जना विद्यार्थीहरु पढ्ने बनाएका छौँ । अहिले सामुदायीक विद्यालयहरुमा ९०० जना जति विद्यार्थीहरु छन् । 

डिजिटल बोर्डलाई प्रविधिमैत्री बनाइसकेका छौँ । अहिलेको प्रविधि अनुसार गुणस्तरीय शिक्षा दिइरहेका छौँ । 

अनुसन्धानका विषयलाई चियाको राजधानी हुँदा अन्तर्राष्ट्रिय व्यापार घाटा कम गर्नका लागि चियाको पनि भूमिका महत्वपूर्ण छ । अहिले हामीसँग जुन जात छ त्यो भारत चीन र अन्य मुलुकको जात मात्रै छ । उक्त जात हाम्रो आफ्नै हुनुपर्छ भनेर प्रदेश सरकारसँग माग गरेका छौँ । झन्डै ३० करोड लागतमा बन्दैछ । आशा छ अबको १० देखि १५ वर्षमा हाम्रो आफ्नै क्लोन बन्छ ।

बजारमा अहिलेसम्म हाम्रो आफ्नै परिचय स्थापित भइसकेको छैन । चियाको आफ्नै परिचय स्थापित गराउन लागि परेका छौँ । 

यी विविध कुराहरुमा हामीले ध्यान दिएका छौँ । वातावरण बचाउन, जोगाउन अहिलेको प्रविधिलाई सुशासनका क्षेत्रमा नगरपालिकाले अधिकतम विकास विस्तार भइरहेको छ ।  हाम्रो क्षमता विस्तारका लागि कस्तो कार्ययोजना ल्याउँदा उपयुक्त होला भनि पहिचान गरिरहेका छौँ । 

पछिल्लो समय कोरोनाको कहर समस्या निम्तियो यो समस्याको बेलामा यहाँले कस्ता चुनौती झल्नुभयो ? कसरी काम गर्नुभयो ? 

पहाडी जिल्लाको मूल ढोका भनेको यो नगरपालिका हो । माथिल्लो भेगमा जोडिन कच्ची सडक छ । पशुपतिनगर जहाँ हाम्रो सीमा हो । जहाँ हेल्थ डेस्क स्थापना गरेका छौँ । भारतमा काम गर्ने नागरिक जुन बाटो हुँदै हाम्रो नगरमा भित्रिन्छन् उनीहरुलाई नाकामै परीक्षण गर्ने व्यवस्था मिलाइएको थियो ।

हामीले निकै चलाखीपूर्ण तरिकाले झण्डै ८ सय व्यक्तिलाई एकैपटक क्वारेनटाइनमा राख्ने व्यवस्थापन गरेका थियौँ । प्रदेश सरकारले पनि यसमा प्रत्यक्ष सहयोग गरेको थियो ।

अहिले त हामीले कोभिड अस्पताल पनि बनाइसकेका छौँ ।  टोलटोलमा स्वास्थ्यकर्मीहरु सक्रिय रुपमा लागिपरेका छन् ।

कोरोनाको लक्षण देखिएका नागरिकलाई स्वास्थ्य परीक्षण गरी पूर्वाधार विकासका कामलाई निरन्तरता दिइरह्यौँ । अन्य पालिकाहरु जतिबेला बन्द भए त्यसबेला हाम्रो नगर सक्रिय भएको थियो । जति धेरै संक्रमणको समस्या बढ्यो उतिधेरै हाम्रो कार्यपालिकाको बैठक बस्यो । र, अवस्था अनुरुप कार्ययोजना तयार पार्‍यो । धेरै हदसम्म कोभिड रोकथाम गर्न हामी सफल भयौँ । 

बेलाबेलामा उठ्ने संघीयतासम्बन्धी प्रश्नले तपाईंजस्ता नेतालाई केही असर गरेको छ कि छैन ? या स्थानीय तहको नेतृत्व गरेका व्यक्तिले यसका बारेमा के सोचिराखेका छन् ?

संघीयताले खराबी गरेको छैन । जुन प्रकारको केन्द्रमुखी गतिविधिका कारण हामीले संघीयता प्राप्त गर्‍यौँ । अहिले पनि तीन तहका सरकार बनेको छ । आफ्नो आफ्नो काम छ जिम्मेवारी छ । यसको आफ्नै कानुनी प्रक्रिया छ । यसको संरचनाका आधारमा खाका तयार पारिएको छ ।

यसको जिम्मेवारी विषेशगरी जिम्मेवारी बहन नगर्ने संघीय सरकारको सोच छैन । अझै पनि स्थानीय सरकार र प्रदेश सरकारहरु केही पनि होइनन् । हाम्रो मातहतमा रहने र काम गर्दा आफ्नो अवस्था कमजोर हुने सोचले जुन गतिमा विकास हुनुपर्ने हो । त्यस अवस्थामा विकास हुन सकेको छैन । 

संकटका बेला स्थानीय तहले धेरै काम गरेका छन् ।

बेलाबेलामा पार्टीभित्र हुने किचलो हुने गरेको छ त्यसको असर तल्लो तहमा कति पर्छ ?  

केही त पक्कै पनि पर्छ । जुन म आवद्ध पार्टीमा पनि देखियो । केही प्रणालीगत समस्या पनि हुन्छन् । नेतृत्व तहमा भएको विभाजनको असर तल्लो तहसम्म अवश्य पर्छ तर हाम्रो लक्ष्यमा यसले धेरै असर गर्दैन ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ ११, २०७८  १८:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement