site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पूर्ण–आंशिक दृष्टिविहीन महिलाका लागि आत्मरक्षा तालिम सम्पन्न  

काठमाडौं । फाइट ब्याकको सहयोगमा प्रयत्न नेपालद्वारा आयोजित आत्मरक्षा तालिम सम्पन्न भएको छ । तालिममा पूर्ण/आंशिक दृष्टिविहीन भएका ११ महिला सहभागी थिए ।

उनीहरुलाई फाइट ब्याकका प्रमुख प्रशिक्षक उद्धव थापा मगरले आत्मरक्षा सम्बन्धी विभिन्न कला सिकाएका थिए । मगर नेपाल उमा कुङफु संघका पूर्व अध्यक्ष एवं वर्तमान सहायक प्रमुख प्रशिक्षक हुन् ।

दृष्टिविहीनहरुले पनि कसैबाट असुरक्षित महसुश गर्दा आफ्नो रक्षा आफै गर्न सक्छन् भन्ने आत्मविश्वास बढाउन तालिम सञ्चालन गरिएको मगरले बताए । ५ दिने तालिम जावलाखेलस्थित डिएभी स्कुलमा भएको थियो ।

सन् २०१३ देखि आत्मरक्षा सम्बन्धी तालिममा संलग्न मगरले देशका विभिन्न जिल्लामा पनि आत्मरक्षा सम्बन्धी तालिम प्रदान गरिसकेका छन् । हालसम्म करिब २५ हजारलाई आत्मरक्षा सम्बन्धी तालिम प्रदान गरिसकेको मगरले जानकारी गराए ।

कोरोना भाइरस (कोभिड– १९) को जोखिमलाई मध्यनजर गर्दै सुरक्षित उपाय अपनाएर तालिम सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: आइतबार, भदौ ६, २०७८  १५:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro