
काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा २५ भदौ मा अवकाश प्राप्त गर्दैछन् । मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले सेनाका रथी प्रभुराम शर्मालाई कायममुकायम प्रधान सेनापति बनाउन सिफारिस गरेका छन् ।
पूर्व प्रधानसेनापति रूकमांगत कटवालले नयाँ प्रधानसेनापति शर्मालाई शुभकामना दिँदै भने, "मैले उहाँको सिफारिसलाई सकारात्मक रूपमा लिएको छु ।"
उनले सेना चेन अफ कमान्डमा चल्ने भन्दै सेनाको आफ्नै संस्कृति, संस्कार र परम्परा रहेको जिकिर गरे । उनले भने, "सेनाको मुल उद्देश्य भनेको राष्ट्र, राष्ट्रियता र नेपाली जनताको सर्वोत्तम हित हेर्ने हो । समग्रतामा त्यही कुराले निरन्तरता पाउनेछ ।"
यस्तै, पूर्व सुवेदार एवम् लेखक मोहन थापाले प्रधानसेनापति थापाले सेनाभित्र सुधारको सकारात्मक अभियान सञ्चालन गरेकोमा आगामी
प्रधानसेनापतिले त्यसलाई दिनेमा विश्वस्त छन् ।भन्छन्, "सम्पत्ति विवरण र संगठनभित्र आर्थिक पारदर्शिता कायम गर्ने जस्ता कामले प्राथमिकता पाउने अपेक्षा छ ।"
को हुन् प्रभुराम शर्मा ?
सैनिक मुख्यालयले उपरथी प्रभुराम शर्मालाई रथी पदमा बढुवा लागि नाम सिफारिस गरेपछि उनको प्रधानसेनापति हुने बाटो खुलेको थियो । शर्मासँग सम्भाररथी विभागको प्रमुख र सेनाको युद्धकार्य महानिर्देशकको अनुभव छ ।
यस्तै, सेनामा व्यवसायिक सैनिक अधिकृतको छवि बनाएका शर्माले भारतबाट नेदनल डिफेन्स कोर्स (एनडीसी) गरेका छन् ।