site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
गलत व्यक्तिले कांग्रेस कब्जा गर्ने प्रयास गरे 
Sarbottam CementSarbottam Cement

अमरेशकुमार सिंह नेपाली कांग्रेसका सांसद हुन् । १४ औँ महाधिवेशनको तयारीका क्रममा नेतृत्वले गलत काम गरेको भन्दै आफ्ना असन्तुष्टि कायम राखेका छन् ।

विशेषगरि अहिलेको नेतृत्वले पार्टी र देश हाँक्न नसकेको उनको गुनासो छ ।

पार्टीको महाधिवेशन, सरकार गठनलगायतका विषयमा बाह्रखरीले नेता सिंहसँग गरेको कुराकानीको सम्पादित अंश :

Prabhu Bank
Agni Group
NIC Asia

कांग्रेसको महाधिवेशन सर्ने निश्चित भएको हो ? कि समयमै हुने सम्भावना अझै छ ?

कांग्रेस महाधिवेशन सार्न सबैपक्ष सहमतजस्तै छन् । तर, बिरालोको घाँटीमा घण्टी कसले बाँध्ने ? भन्ने छ नि अर्थात् कसले पहिला बोल्ने महाधिवेशन सार्ने विषयमा भन्नेमात्रै हो ।

Global Ime bank

पदाधिकारी बैठकले वडा कमिटीको अधिवेशन अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको छ ।

अर्को मिति तोकिएको छैन । निर्वाचन कमिटीले ५४ दिन चाहिन्छ भनेको थियो । रमेश लेखकको नेतृत्वमा रहेको क्रियाशील सदस्यता छानबिन समितिले मंगलबारभन्दा पहिले रिपोर्ट बुझाउन सक्दिन भनेको छ । तर अहिलेसम्म पूरा भएको छैन । अपुरो रिपोर्ट बुझाउने सम्भावना छ ।

सयौं मानिस अहिले पार्टी कार्यालयमा धर्ना दिइरहेका छन् । तराईका जिल्लाको समस्या बढी देखिएको छ क्रियाशील सदस्यता वितरणमा ।

भनेपछि रोकिने सम्भावना बढी देखियो है ?

१३ औं महाधिवेशनमा जो क्रियाशील थिए त्यसैबाट गराइदिने कि भन्ने आन्तरिक कुरा पनि चलिरहेको छ । तर त्यसमा पनि विवाद छ ।

कांग्रेसको निर्णय क्रियाशील सदस्यता दोब्बर गर्ने थियो । दुईवटा जिल्लाको हकमा धेरै विवाद भएको छ । बाढी, पहिरो, कोभिडको प्रकोपका कारण सबैको भित्रि कुरा महाधिवेशन मंसिरमा गरौं भन्ने छ । 

बाहिर कोही बोल्न सकेका छैनन् । 

मंसिरमा गर्दा पार्टी असंवैधानिक हुँदैन ?

२० दिन वा एक महिना पछाडि धकेल्दैमा असंवैधानिक त हुँदैन । यसका दुई तीनवटा पाटा छन् । 

भदौ १९ अघि महाधिवेशनको प्रक्रिया सुरु गरे पनि हुन्छ भन्नेहरु पनि छन् । दोस्रो कोरोनाकाललाई शून्य समय मानेर अदालतबाट आदेश लिएर सार्न पनि सकिन्छ भन्ने अर्को तर्क छ । अझै अर्को कुरा सभापति र पदाधिकारीले तयारी पनि गरेका छैनन् । आफ्नो टिम निर्माण नगर्दासम्म उनीहरु तयार देखिँदैनन् ।

सभापतिका वास्तविक आकांक्षी कति छन् ? 

कांग्रेसमा सभापति को आउँछ भनेर क्षेत्रीय अधिवेशनपछिमात्रै आकलन गर्न सकिन्छ । क्रियाशील सदस्यता वितरणको नाममा अहिले कांग्रेस नै कब्जा गर्ने रणनीति केहीको छ ।

कसले कब्जा गर्न खोजेका छन् ?

देशमा ४१३ गिटी क्रसर उद्योग छन् । जसमा २०० जति कांग्रेससँग आवद्ध व्यक्तिहरुको छ । तिनीहरुले पार्टी कब्जा गर्न खोजेका छन् । तिनीहरुको सजिलो कमाइ छ । लागत कम, मुनाफा धेरै । त्यसमा कुनै रेगुलेशन छैन । 

दोस्रो, तराइका जिल्लाहरुमा तस्करहरुको बिगबिगी छ । सीमा बन्द छ तर तस्करी बन्द छैन । तस्करहरुलाई यो भन्दा राम्रो वातावरण छैन । 

नाकामा रोक लगाइएको छ राति राति गाउँमा तस्करी भइरहेको छ यो रोकिएको छैन । 

भारतबाट कपडादेखि मोबाइलसम्म तस्करी भइरहेको छ । 

मेरै निर्वाचन क्षेत्रमा ४०–४५ प्रतिशत जनसंख्या नेपालबासीसँग जोडिएको छ । भारतसँग जोडिएका तराईका जिल्लाहरुमा सिन्डिकेट छ । 

तस्कर भूमाफिया, रक्सी कम्पनीहरु यस्ता गलत प्रवृतिका गतिविधिहरु किन गरिरहेको छ भने कांग्रेस स्थानीय तहको निर्वाचनमा मेयर, उपमेयर गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, गाउँका वडा अध्यक्षमा उनीहरुले टिकट पाउँछन् ।

त्यसको तयारी अहिलेदेखि नै भएको पाइन्छ । यसपालिको कांग्रेस महाअधिवेशनमा व्यवस्थित गर्न नसके हजारौँ करोडसम्म खर्च हुने सम्भावना हुन्छ । 

बीपीले पार्टीमा एकपल्ट सुकिला मुकिला हाबी हुन्छन् भन्नुहुन्थ्यो त्यो समय आएको छ । राम्रा कार्यकर्ताले विद्रोह गर्नैपर्ने अवस्था देखिएको छ ।

क्रियाशील सदस्यता किन दोब्बर बनाउन खोजिएको ?

यो केन्द्रीय समितिले नै निर्णय गरेको विषय हो । क्रियाशील सदस्यताबाट हाम्रो संगठन बढ्छ । राजस्व पनि बढ्छ । त्यसैले यहाँ सबैभन्दा नेपाली कांग्रेस जनजनको कांग्रेस राम्रो कांग्रेस कसरी बनाउने, राजनीतिक दृष्टिकोणले स्वच्छ छविको बनाउनुपर्ने आवश्यकता भएकाले दोब्बर बनाउन खोजिएको हो ।

अहिले कांग्रेस पार्टीभित्र गुट कति छन् ?

वास्तवमा कांग्रेसमा गुट दुईवटा छन् तर गुटभित्र उपगुट धेरै छन् । त्यसलाई गुट भन्न मिल्दैन, उपगुट हुन् भन्दा हुन्छ ।
अहिले पनि कोइराला र देउवा गुटमात्रै कांग्रेसमा छन् ।

कांग्रेस वास्तवमा कसले कब्जा गर्दैछ ?

अहिले समय कस्तो भयो भने मानिस मानिसबाटै डराउन थाले । सँगै बसेर कुराकानी गर्न डराउने अवस्था आयो । पहिले कोरोना महामारी थिएन । 

चार वर्ष हाम्रो विधानको कार्यकाल हो । उक्त विधान बमोजिम महाअधिवेशन भएको भए त्यो बेला कोरोना महामारी थिएन । राम्रो हुने थियो । जति पनि विधि विधान संविधानको, त्यसमा समय थप्नुथियो थपिइहाल्यो । 

महाधिवेशन समयमै सम्पन्न हुनुपर्ने थियो तर हुन सकेन । अहिलेको परिस्थिति हेर्दा फेरि पनि होला जस्तो लाग्दैन ।

माओवादीको महाधिवेशन ६८ सालमा भएको छ । त्यसपछि भएको छैन ।

एमालेको महाधिवेशन ७१ सालमा भयो । उसको पनि सातवर्ष भइसक्यो ।

दलहरु विधिको शासनले सैद्धान्तिक र विचारात्मक विचारधारामा जाने हो भने देश नितान्त अघि बढ्छ ।  नत्र भए सुशासन कायम हुँदैन । 

त्यसकारणले हामीले हाम्रो पार्टीबाट सुशासन सुरु गर्नैपर्छ । कसैलाई देखाएर हुँदैन ।

बीपी कोइरालाले आदिवासी जनजाति, मधेस, महिलामा वास्तविक अनुहार देखाएर राख्नुहुन्थ्यो । २०६४ पछि मधेसमा त्यो देखिएन ।

मधेसमा एकजना नेताको पछि नलाग्ने हो भने उनले कांग्रेसमा नै बस्न नदिने वातावरण सिर्जना गरिदिन्छन् । २०७० सालको निर्वाचनमा जितेका ८ जना सांसदमध्ये चारजनालाई त टिकटसमेत दिइएन ।

त्यहाँ पैसाको प्रभाव ज्यादा पर्‍यो ।

जो सोझो तरिकाले राजनीति गरिरहेको छ उसले टिकट पाएन । अर्को पार्टीमा भएका र पैसा भएकालेमात्रै टिकट पाए । यसले निष्ठावान कार्यकर्ताको सम्मानमा चोट पुगेको छ ।

अहिले क्रियाशील सदस्यताको नाममा पनि त्यस्तै गर्न खोजिएको छ । ६३ जना कांग्रेसका सांसद छन् त्यसमध्ये ९ जना व्यापारी छन् ।

उनीहरु जसको सरकार आए पनि बोल्न सक्दैनन् । ओलीको सरकारमा एक दिन पनि बोल्न तयार भएनन् । सरकारले अर्कोतिरबाट दुःख दिन्छ भन्ने उनीहरुलाई लागेको छ ।

हामीले सांसदको लुगा लगाउने, कांग्रेसको सिटमा बस्ने तर भूमिका निर्वाह नगर्ने यसकै उदाहरण हो ।

तपाईंले संकेत गर्नुभएको नेता विमलेन्द्र निधि अब कांग्रेसको नेतृत्वको दौडमा हुनुहुन्छ नि !

मलाई यति विश्वास छ उहाँ कांग्रेसको सभापति बन्नुहुन्न । निर्वाचित प्रतिनिधिलाई महाअधिवेशन अधिकार हुन्छ ।  जो पनि सभापति लड्छु भन्न पाउँछ तर निर्वाचित हुने आधार चाहिन्छ । 

उहाँले उमेदवारी त दिनुहोला तर जित्न सक्नुहुन्न ।

सभापतिमा कसले जित्छ त त्यसो भए ?

मेरो भनाइ कांग्रेसको पदाधिकारी भइसकेका व्यक्तिले अब नेतृत्वमा दाबी गर्न मिल्दैन ।  उहाँहरुको योग्यता र क्षमता सबैले देखिसकेका छन् । यो विषयमा बहस जरुरी छ ।

तपाईंले भनेबमोजिम जाने हो भने त शेखर कोइरालामात्रै बाँकी रहने भए नि !

जति पदाधिकारी हुनुहुन्छ उहाँहरुलाई सम्मान गर्नुपर्छ । उहाँहरुले अभिभावकत्व ग्रहण गर्नुपर्छ । पदाधिकारीमा ७० वर्ष आसपासका र बाँकी सबै ६० भन्दा मुनिका पदाधिकारीहरु हुनुपर्छ । उमेरमा क्याप लगाउनैपर्ने हुन्छ ।

१३ औँ महाअधिवेशनमा देउवालाई सहयोग गर्नुभयो अहिले देउवाकै विरोध चाहिँ किन नि ?

त्यसबेला देउवाले एकपल्टमात्रै सभापति हुन्छु सहयोग गर्नुस् भन्नुभएको थियो।

उहाँले ०६४ सालमा पार्टी एकता गर्ने बेलामा गिरिजाबाबुले आफूलाई कार्यवाहक दिने भनेर पनि नदिएको गुनासो गर्नुहुन्थ्यो । एकपल्ट सभापति हुने इच्छा छ भनेकाले हामीले सहयोग गरेको हो ।

तर उहाँले काम गर्न सक्नुभएन । देशमा निर्णायक भूमिका निर्वाह गर्ने बेलामा गर्न सक्नुभएन । 

एउटै व्यक्ति किन सधैँभरि नेतृत्वमा रहने ? परिवर्तन हुनुपर्दैन ? हामीले प्रजातन्त्रका कुरा गरेरमात्रै हुन्छ त्यसको सम्मान गर्नुपर्दैन ? उहाँ नभइ नहुने के छ विशेषता ?

के यसपालि नेतृत्व परिवर्तन हुन्छ ?

यो महाधिवेशन प्रतिनिधिहरुमा भर पर्ने कुरा हो । महाधिवेशन प्रतिनिधिहरु चुनिएपछि मात्रै यसको आकलन गर्न सक्छु । 
प्रतिनिधि कस्ता आउँछन् त्यसमा भर पर्ने कुरा हो ।

पार्टीबाहेक सरकारको कुरा गर्दा अहिलेको सरकारमा जसपाको सहभागितालाई कसरी हेर्नुभएको छ ?

उहाँहरु अहिले कानुनी लडाईंमा हुनुहुन्छ । निर्वाचन आयोगको निर्णयपछि नै उहाँहरु सरकारमा जाने विषयमा निर्णय हुन्छ होला ।

शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि अहिले गर्ने मूख्य भुमिका के हो त ?

अहिले सबैभन्दा पहिलो प्राथमिकता कोभिड नियन्त्रण गर्नुपर्ने देखिन्छ । यसका लागि आम नागरिकलाई खोपको व्यवस्थापन गर्नुपर्ने हो । 

एउटा इमान्दार प्रभावकारी स्वास्थ्यमन्त्रीको आवश्यकता छ ।

कोभिडका कारण अर्थतन्त्र धरापमा परिरहेको छ । त्यसलाई उकास्ने ठूला लगानीकर्ता वा व्यवसायीलाई हौसला प्रदान गरी माथि उकास्ने काम गरिनुपर्छ । चलायमान बनाउनुपर्छ । कुनै पनि बैंक वा  वित्तीय संस्थासँग छलफल गरेर निर्णय लिन सक्नुपर्ने हुन्छ ।

तीन वर्षमा नेपाली जनताले विधिको शासन अनुभव गर्न पाएनन् । यो अनुभव गराउन सक्नुपर्‍यो । 

भ्रष्टाचारीलाई कारबाही हुनुपर्‍यो । कुन पार्टीको हो भनेर हेर्नुभएन जो सुकै होस् भ्रष्टाचार गर्छ भने कारबाही गर्नैपर्छ ।

देउवा नेतृत्वको सरकारले छिमेकी देशहरुको कस्तो सहयोग प्राप्त गरेका छन् ?

अहिले ठ्याक्कै कसको सहयोग भन्न सकिने अवस्था छैन र भन्ने बेला पनि भएको छैन ।

भारतले नरुचाएको भनिन्छ नि ! भारतले ओलीलाई अन्तिमसम्म टिकाएको भनिन्छ नि हो ?

मन्त्रिपरिषद् विस्तारपछि नै सरकारको अनुहार ऐनामा देखिन्छ । सरकारको अनुहार नै मन्त्रिपरिषद् हो त्यो विस्तारपछि मात्रै भन्न सकिन्छ छिमेकले कस्तो सम्बन्ध राख्छन् भनेर ।

हाम्रो देशमा परराष्ट्र नीतिको समस्या छ । अहिलेको मुख्य चुनौती यही हो । भारत, चीन र अमेरिका देशलाई तुलना मिलाउन सकेनौ भने स्थिर राख्न सकिँदैन । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ११, २०७८  १४:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement