site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
नेता पुत्रत्रयको भेटघाटले सकारात्मक सन्देश दिएको छैन
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले पार्टीको विधानले निर्वाचनबाट पदाधिकारी चयन गर्ने व्यवस्था गरेकाले पार्टीमा योगदान गरेका र चाहना राख्ने जो कोही पनि चुनावी प्रतिस्पर्धामा आउन सक्ने बताएका छन् ।

वडादेखि केन्द्रसम्मको निर्वाचन प्रणालीका कारण धेरैलाई प्रतिस्पर्धामा जाने बाटो खुलेको उनले बताए । विधानले दोस्रो पुस्तालाई अगाडि आउन नरोकेको भन्दै उनले पुर्खाको योगदान वा पुर्ख्यौली विरासतको आधारमा नभई पार्टीमा योगदान गरेको आधारमा उमेदवार चयन गर्न सबै लाई आग्रह गरे ।

पार्टीभित्रका ‘तीन पुत्र’ नेताहरुको भेटघाटलाई लक्षित गर्दै उनले पिताले गरेको योगदानको ब्याज खानुभन्दा पनि आफ्नो योगदानको आधारमा स्थापित हुनुपर्ने बताए । भेटघाटले सकारात्मक सन्देश नदिएको उनले उल्लेख गरे । पार्टीमा ठूलो योगदान दिएका लाखौँ नेता–कार्यकर्ताहरु रहेको उनले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले आफू सभापति पदका लागि पनि योग्य रहेको भए पनि उपसभापति या महामन्त्रीमा उमेदवारी दिने बताए । प्रस्तुत छ, डा. प्रकाशशरण महतसँग महाधिवेशनको तयारी, आगामी नेतृत्वलगायत विषयमा गरिएको कुराकानीको सम्पादित अंश :

महाधिवेशन नजिकिएको छ, व्यस्तता कत्तिको बढेको छ ? कस्तो छ महाधिवेशनको तयारी ?
हाम्रो महाधिवेशनलाई कोभिड–१९ ले धेरै प्रभावित गर्‍यो । धेरैपटक कार्यतालिकामा संशोधन गर्नुपर्‍यो । नचाहँदा नचाहँदै यो परिस्थिति आयो । तर, नेतृत्वले सबै कठिनाइका बाबजुद अधिवेशन गर्ने निर्णय गरेको छ । यसको तयारी सबै पक्षबाट भइरहेको छ । क्रियाशील सदस्यता नामावलीको टुंगो लगाउने काम अन्तिम अवस्थामा छ । यसको टुंगो लागेपछि अधिवेशन जुनसुकै बेला गर्न सकिन्छ । मौसमजन्य चुनौती र कोभिडको संक्रमणको चुनौती अझै छ । मौसम र कोभिडले असामान्य अवस्था ल्याएन भने तोकिएको समयमा महाधिवेशन सम्पन्न हुन्छ ।

Global Ime bank

नेतृत्वलाई लिएर आकांक्षीहरु धेरै छन् । पार्टीको राजनीतिमा निरन्तर नेतृत्वमा भएका व्यक्तिहरु र नयाँ आकांक्षीहरु पनि देखिएका छन्, यसलाई कसरी व्यवस्थापन गरिनुपर्छ ?
पार्टीको विधानले कोषाध्यक्षबाहेक अधिकांश पदमा निर्वाचनको व्यवस्था छ । पालिकाको वडादेखि केन्द्रसम्म निर्वाचन हुन्छ । यसले धेरैलाई प्रतिस्पर्धामा जाने बाटो खोलेको छ । यसले आकांक्षी र उमेदवारलाई बढाउँछ । यसबाट पहिलो पिँढी रामचन्द्र दाइ, शेरबहादुर दाइ सँगै हामी पनि उमेदवार हुन सक्ने अवस्थामा पुगेका छौँ । यसले सबै पदहरुमा उमेदवार हुने संख्या बढ्यो । यस्तो अवस्थामा निर्वाचनले आफैँ व्यवस्थापन गर्छ । अर्को व्यवस्थापन भनेको को व्यक्ति कोसँग प्रतिस्पर्धा गर्छ, निर्वाचनमा आन्तरिक रुपमा कसलाई कहाँ मिलाउने भन्ने हुनसक्छ । तर, को निर्वाचित हुने विषय त निर्वाचनले नै व्यवस्था गर्छ । यसमा चुनौती पनि छ, अवसर पनि छ । त्यसैले सबैको व्यवस्थापन निर्वाचनले गर्छ । जहाँसम्म सभापतिको उमेदवारको कुरा हो, हामीलाई पनि लाग्छ, पार्टीमा महत्वपूर्ण जिम्मेवारी लिन तयार छौँ । यसको बाबजुद राजनीतिक नेतृत्व भन्ने विषय बोलेर मात्रै पुग्दैन । पार्टीभित्र सम्मान दिने संस्कार पनि छ, सुझबुझ, अनुभवको कुरा पनि छ । कतिपय कुरा राष्ट्रिय–अन्तर्राष्ट्रिय परिस्थिति पनि हेर्नुपर्छ । अहिले विशिष्ट परिस्थितिमा हामी छौँ । यसलाई बुझेर नेतृत्व दिनुपर्ने प्रमुख विषय होे । पार्टी सम्हाल्ने कुरा बाहिर देखिएजस्तो हुँदैन । यसकारणले मलाई लाग्छ, अनुभव र पछिल्लो अवस्थामा दिनुभएको परिपक्व नेतृत्व जो शेरबहादुर देउवाले दिनुभएको छ । आलोचना, टिप्पणीहरु होलान् देउवाको, तर अहिलेको अप्ठेरो अवस्थामा उहाँले दिएको नेतृत्वलाई नै निरन्तरता दिनुपर्छ भन्ने ठूलो संख्या छ ।

यसको अर्थ रामचन्द्र पौडेल, शेरबहादुर देउवा, शंशाक कोइराला, विमलेन्द्र निजीलाई एकै ठाउँमा लडाउने हो त ?
यस्तो छ कुरा, अहिले उपसभापति दुईजना हुनुहुन्छ । पहिला एकजना हुनुहुन्थ्यो । महामन्त्री दुईजना निर्वाचित हुन सक्नुहुन्छ । यदि, हामी सँगै काम गरौँ, फलानो पद मलाई नै चाहिन्छ नभनेर त्याग्ने हो भने ठाउँ छ । होइन, म पछि गर्र्दिनँ, अहिले नै हुनुपर्छ भन्ने कुरा आयो भने अवश्य पनि समस्या आउँछ ।

फेरि पनि शेरबहादुर देउवा र रामचन्द्र पौडेल नेतृत्वमा नै दोहोरिने हो भने तपाईंहरुको राजनीतिक समय, उमेर र भविष्य पाँच वर्ष पछाडि धकेलिने छ । योबारे पनि कठोर भएर निर्णय गर्नुपर्ने बेला आएको होइन र ?
म आफूलाई पनि नेतृत्वको लागि योग्य ठान्छु । सभापति भएर पार्टीलाई हाँक्न सक्छु भन्ने लाग्छ । अगाडि शेरबहादुर देउवाको चर्चा गरेँ, रामचन्द्र दाइ पनि वरिष्ठ र बराबर अनुभव भएको नेता हुनुहुन्छ । हाम्रो अग्रज रहनुभएका दाइहरु हुँदाहुँदै अगाडि बढ्न सकिने अवस्था छैन । यसले हामीलाई नै घाटा छ भन्ने जान्दाजान्दै पार्टीको परम्परा र संरचनाले र अनुभवले दाइहरुको सान्दर्भिकता अहिले पनि छ । हो, यो हामीले बुझेका छौँ, हामी केही वर्ष पछि धकेलिनेछौँ । तर, हामी त्यो दाबी गरिरहेका छैनौँ । मेरो कुरा गर्नुहुन्छ भने म सहमहामन्त्री भइसकेँ, सबै किसिमको अनुभव छ । तर, सभापति दाबी गरिरहेको छैन । यस्तै, अरु साथीहरुले पनि माथि दाबी गरिरहनुभएको छ, जस्तै– विमलेन्द्रजी पनि हुनुहुन्छ । निर्वाचनको समय आइसकेपछि कतिपय बन्छु भनेकाहरु फेरि नबन्ने दाउमा पुग्नुहोला । कतिपय उमेदवारी नै नदिएका साथीहरु नै अगाडि सर्नुहोला । त्यसकारण अहिले नै यस्तो भइसक्यो भन्ने अवस्था आइसकेको छैन ।

पछिल्लो समय एकदमै चर्चामा रहेको प्रसंग तीनजनाको घरमा ‘लञ्च मिटिङ’ भयो, यसले नयाँ गुट जन्मायो कि भन्ने छ । पार्टीभित्र दुई समूह अहिले पनि छ । यसलाई कसरी हेर्नुभएको छ ?
उहाँहरुको भेटघाट मात्रैको कुरा त केही होइन, तर हामी नेता पुत्र नै त्यसैको हैसियतले त्यसमा नै सीमित रहेर बैठक बस्यो । यसलाई आमकार्यकर्ता पंक्तिले सहज रुपमा लिएको छैन । यो पार्टी समग्र जनताहरुको छोराछोरीहरुको पार्टी हो । उहाँका पिताजी नेताहरुले गरेको योगदान ठूलो छ । हाम्रो सम्मान पनि छ । तर, यो पार्टी त मेरो बुवा, मेरो आमा नेता थिएनन् भने पनि मेरो काम र योगदानको आधारमा हामी स्थापित हुन सक्छौँ ।

हामी पार्टी सबै वर्ग, क्षेत्र आउनुपर्छ भनिरहेका छौँ । उहाँहरुले जसको बुवाहरु नेता हुनुुहुन्थ्यो, त्यसमा मात्रै सीमित भएर पटकपटक बैठक बस्नुभयो । यसले उहाँहरुको लागि सकारात्मक सन्देश दिएको जस्तो मलाई लाग्दैन । पार्टीमा लाखौँ नेता–कार्यकर्ताहरु छन्, सबैको धेरै–थोरै योगदान छ । कतिपय अवस्थामा उहाँहरुले गरेको भन्दा बढी योगदान गरेका साथीहरु छन् । यसकारण हामी मिल्यौँ भने मात्रै नेतृत्व आउँछ भन्ने कुरा कार्यकर्ताले सहज रुपमा स्वीकार गर्दैनन् । त्यसमा नेता पुत्र पनि बुवा नेता नभए पनि पार्टीमा योगदान गरेका सबै जोडिँदा सहज हुन्छ ।

यो प्रसंगको अर्को पाटो पनि छ, अब शेरबहादुर देउवाको अर्को विकल्प खोज्नुपर्छ भन्ने मुख्य देखिन्छ, मान्नुहुन्छ ?
विकल्प खोज्दा नेता पुत्र मा नै सीमित हुनुपर्छ भन्ने छैन नि । विकल्प खोज्न पाइन्छ । पिता नेता नभएका अरु पनि योग्य पात्र छन् नि । विकल्प खोज्न सकिन्छ । ठूलो प्रतिस्पर्धा छ, तर यसमा नै सीमित हुनुपर्छ भन्ने छैन ।

लामो समय शेरबहादुर देउवालाई आड, भरोसा, विश्वास, नेतृत्व सहयोग सबै गर्नुभएका विमलेन्द्र निजी सभापतिको उमेदवार हुन्छु भनेर देउवा समूहबाट बाहिरिनुभएको छ । संस्थापन पक्षलाई यसले असर गर्छ, यसको मूल्यांकन कसरी गर्नुभएको छ ?
शेरबहादुरजीको उमेदवारी रहिरहँदा र विमलेन्द्रजीले म अलगै लड्छु भन्दा प्रभाव त पर्छ नै । प्रभाव पर्दैन भन्ने छैन । यस विषयमा धेरै साथीहरुले विमलेन्द्रजीलाई सल्लाह दिँदा अहिलेको अप्ठेरो अवस्थामा शेरबहादुरजीले एकपटक नेतृत्व गर्छु भन्नुभएको छ, समझदारी गरेर जाँदा राम्रो हुन्छ भनेर धेरैले भनेका छन् । यद्यपि, उहाँ (विमलेन्द्र निधि)ले लड्छु भन्नुभएको छ । तर, म के भन्छु भने अहिले नै अन्तिम टुंगो लागिसक्यो भन्ने निष्कर्षमा पुग्नु हुँदैन । नोमिनेसन गर्ने बेलासम्म उहाँले विचार परिवर्तन गर्न सक्नुहुन्छ । त्यसपछि एउटा आम समझदारी पनि बन्न सक्दछ भन्ने मलाई लागेको छ । तर, उहाँ आफैँ उमेदवारी दिन योग्य हुनुहुन्छ । उहाँको अधिकार पनि छ । यसलाई सम्मान गर्दै अहिले नै छिनोफानो भइसक्यो, अलगअलग बाटो लागिसक्नुभयो भन्ने मूल्यांकन अलि अपरिपक्व हुन्छ ।

सबैले आ–आफ्नो उमेदवारी दाबी गरिसकेका छन्, तर तपाईंले गर्नुभएको छैन । तपाईंको दाबी कुन पदमा हो ?
पार्टी सभापति स्वयंले पनि साथीहरुको बीचमा भने पनि औपचारिक रुपमा घोषणा गर्नुभएको छैन । त्यसकारण हामीले पनि घोषणा गर्न हतार गर्नु भएन । तथापि, म सहमहामन्त्री भइसकेको छु । पहिला नै महामन्त्रीको लागि दाबी थियो । त्यसको लागि योग्यता र पृष्ठभूमि मसँग छ । सभापति पदमा शेरबहादुर दाइ आफैँ लड्छु भनेकाले सभापति पदमा दाबी छैन । म जाने भनेको महामन्त्री र उपसभापति पदमा हो । म चुनाव लड्ने हो । महामन्त्री वा उपसभापति पदमा लड्छु । नेतृत्व तहसँग पनि प्रारम्भिक कुरा भएको छ । यसको औपचारिक घोषणा समय आएपछि, समझदारी र टिम बनेपछि घोषणा गर्नु उपयुक्त भनेर अहिले नगरेको हो । मैले दाबी गरेको पदमा पुग्दा गर्ने काम र दृष्टिकोण स्पष्ट छ ।

नेतृत्वले तपाईंलाई यो पदका लागि लड्न तयार हुनुहोस् भनेर भनेको होला नि ?
यी कुराहरु भइसकेको छ । यी कुरा नभई म यसरी बोल्ने थिइनँ । त्यो राम्रो पनि हुँदैन । हामी संस्कार अगाल्छौँ । उत्ताउलो भएर राजनीति कहिले गरेनौँ । यस विषयमा छलफल भएको छ । तर, औपचारिक रुपमा घोषणा कसैको पनि नभएको अवस्थामा मैले पनि नगरेको हो । तर, म सहमहामन्त्रीभन्दा माथि महामन्त्री अथवा उपसभापति पदमा लड्छु । यसको औपचारिक घोषणा केही समयपछि गर्छु ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २३, २०७८  १३:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement