site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
केपी–माधव पक्षका पाँचजना नेताको समिट होटलमा वार्ता, के भयो उपलब्धी ?

काठमाडौं । एमाले विवाद मिलाउन दोस्रो तहका नेता आज (शुक्रबार) पनि समिट होटल ललितपुरमा छलफल गरेका छन् । उनीहरूबीच आज करिब दुई घण्टाजति छलफल भएको एमाले स्थायी कमिटी सदस्य तथा ओलीपक्षीय नेता सुवास नेम्वाङले पुष्टि गरे । उनले वार्ता जारी राख्न र एकता बचाउनेगरी सहमति खोज्न दुवै पक्ष दृढ रहेको पनि जानकारी दिए ।

“हामी निरन्तरजसो छलफलका छौँ,” नेम्वाङले बाह्रखरीसँग कुरा गर्दै भने, “परिणाम निस्किइसकेको छैन । पार्टी एकता”

शुक्रबारको छलफलमा ओली पक्षका तर्फबाट सुवास नेम्वाङ र अर्थमन्त्री विष्णु पौडेल सहभागी थिए । झलनाथ खनाल र माधवकुमार नेपालको तर्फबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट रहेको बताइएको छ ।

नेता नेम्वाङले दुवै पक्षका तर्फबाट मिलन विन्दुको खोजी भइरहेको बताए । 

खनाल–नेपाल समूहले सहमतिका लागि ६ बुँदा अघि सारेको छ । गत जेठ २३ गते प्रधानमन्त्री ओलीले पनि एकताका लागि जेठ ३ मा फर्कन तयार रहेको बताउँदै सहमतिको प्रस्ताव अघि सारेका थिए । 

तर, त्यो अदालतमा विचाराधीन संसद् विघटनसम्बन्धी मुद्दालाई प्रभावित बनाउनेगरी प्रस्ताव आएको र जेठ २ मा फर्कने भए मात्रै समझदारी हुन सक्ने भन्दै खनाल–नेपाल पक्षले अस्वीकार गरेको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शुक्रबार, असार ४, २०७८  १८:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro